साङ्ता गाउँको मतदान स्थल सार्न प्रस्ताव

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुस्ताङको वारागुङ मूक्तिक्षेत्र गाउँपालिका–५, साङ्ता गाउँको मतदान केन्द्र सार्न प्रस्ताव गरिएको छ । अत्यधिक हिमपातका कारण समुन्द्री सतहदेखि ३ हजार ८ सय मिटर उचाइँमा रहेको साङ्ता गाउँ नै खाली भएको अवस्थामा तोकिएको समयमा निर्वाचनका लागि मतदाता गाउँ फर्किने सम्भावना न्यून रहेकाले वडा कार्यालयले मतदान स्थललाई छिमेकी गाउँ फल्याकमा स्थानान्तर गर्न प्रस्ताव गरेको छ ।

साङ्ता गाउँमा रहेको हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा ३९ जना मतदाता रहेकोमा चैत्र, वैशाख महिनामा मात्र गाउँ फर्किने भएकाले मतदान केन्द्रलाई सार्ने मागसहित सिफारिस गरिएको वडाध्यक्ष सुरेन्द्र गुरूङले बताउनुभयो । वडाध्यक्ष गुरूङले भन्नुभयो, ‘‘गाउँ नै खाली छ, जाडो छल्न गएका धेरै फर्किन्नन्, मतदान स्थलमा पुग्नै गाह्रो छ ।’’ गाउँमा अहिले ६ जना गोठालाले पशु चौपायाको रेखदेख गर्ने गरेका छन् । जाडो छल्न परिवारसँगै काठमाडौं जानु भएका स्थानीय छेवाङ गुरूङले वैशाख महिनापछि मात्र गाउँमा बस्न सहज हुने बताउनुभयो । सहरबजारमा जान नसक्ने केही स्थानीय अन्नबाली थन्काएर आफ्ना भेडाच्याङ्ग्रासहित अन्य पशुचौपाया लिएर फल्याक, धाकारजुङमा गएकाले मतदान स्थल सारेमा मतदातालाई सहज हुने वडाध्यक्ष गुरूङको भनाइ छ । 

फल्याकमा हाल एक मतदान केन्द्रमा ३ सय ३७ मतदाता रहेका छन् । यता प्रमुख जिल्ला अधिकारी अजिता शर्माले स्थानीय वडाबाट मतदान स्थल परिवर्तनका लागि प्रस्ताव आए पनि निर्णय नभएको बताउनुभयो । प्रजिअ शर्मा भन्नुहुन्छ, ‘‘मतदातालाई सजिलो हुने भएकाले छलफलकै चरणमा रहेको छ, सर्वदलीय छलफलपछि निर्णय गर्ने छौं ।’’

मुस्ताङको कान्छो र सानो गाउँबाट चिसो छल्न मङ्सिर महिनादेखि करिब ३० किलोमिटर टाढा रहेको छिमेकी फल्याक, धाकारजुङ, पाक्लिङ, सदरमुकाम जोमसोमसहित पोखरा, काठमाडौँ लगायत ठाउँमा छरिएर बसेका छन् । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्लामा थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदान स्थलमा कुल ११ हजार ३ सय २८ रहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...