निर्वाचन लक्षित सुरक्षाका लागि महोत्तरीमा सेना परिचालन

Published on

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गरि बुधबारदेखि महोत्तरीमा सेना परिचालन गरिएको छ । नेपाली सेनाको गोरखनाथ गण परिकौलिबाट महोत्तरीको चार वटै निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै वेश स्थापना गरि बुधबारदेखि निर्वाचन लक्षित सुरक्षाका लागि सेना परिचालन गरिएको हो । महोत्तरीको निर्वाचन क्षेत्र नंं १ को बर्दिवास, क्षेत्र नं. २ को बलबा, क्षेत्र ३ को जलेश्वर र क्षेत्र नं. ४ को रामगोपालपुरमा बेश स्थापना गरि सेना परिचालन गरिएको गोरखनाथ गण परिकौलिका गणपति रामप्रसाद लामिछानेले बताउनु भएको छ । 

“नेपाल प्रहरी र सशस्त्र प्रहरीसगको समन्वयमा वुधबार विहानैदेखि निर्वाचन लक्षित सुरक्षाको लागि सेना सहितको संयुक्त गस्ती सुरु गरिएको हो ।” गणपत्रि लामिछानेले भन्नुभयो, “अहिले सेनाका जवानले महोत्तरीको सुरक्षा समितिले तोकेको संवेदनशील मतदान स्थलहरुको निरिक्षण अनुगमन सुरु गरेको हो ।” निरिक्षण अनगुमनको क्रममा मतदान स्थलहरुमा हुने सुरक्षाको थ्रेटको वास्तिविक अवस्था र सुरक्षाको मजवुत प्रबन्ध मिलाएर शान्तिपुर्ण र भयरहित वातवरणमा चुनाव सम्पन्न गराउने योजना सहित खटिएको उहाँले बताउनुभयो । अहिले चार वटा निर्वाचन क्षेत्रको चार वटा स्थानमा वेश स्थापना गरि सेना परिचालन गरिएको छ र यसलाई विस्तारै जिल्लाका सवै मतदान स्थल सम्म नै पु¥याइने छ । जिल्ला निर्वाचन कार्यालय महोत्तरीले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई लाख ३५ हजार १८३ पुरुष, एक लाख ९२ हजार ९७ महिला र अन्य २ गरी  कुल चार लाख ३१ हजार २८२ मतदाता रहेको जनाइएको छ ।

चार निर्वाचन क्षेत्रमा २५८ मतदानस्थल र ५३६ मतदान केन्द्र निर्धारण गरिएको छ । महोत्तरीको १६३ मतदानस्थललाई अतिसंवेदनशील, ८९ लाई संवेदनशील र ६ लाई सामान्य सुरक्षा अवस्थाको सूचीमा राखिएको छ । महोत्तरीको क्षेत्र नम्बर १ मा ५६ हजार २२२ पुरुष, ४९ हजार ७२२ महिला र अन्य दुई गरी कुल एक लाख पाँच हजार ६४६ मतदाता रहेको र सोको लागि ५९ मतदानस्थल र १२० मतदान केन्द्र व्यवस्था गरिएको छ । क्षेत्र नम्बर २ मा ५८ हजार ८६१ पुरुष र ४८ हजार ७३३ महिला गरी कुल एक लाख सात हजार ५९४ मतदाता रहेको र सोको लागि ६२ मतदानस्थल तथा १३३ मतदान केन्द्र निर्धारण गरिएको छ ।

यस्तै, क्षेत्र नम्बर ३ मा ५९ हजार ९५० पुरुष तथा ५० हजार ८८६ महिला गरी कुल एक लाख १० जार ४३६ मतदाता रहेको र सोको लागि ७७ मतदानस्थल र १४२ मतदान केन्द्र राखिएको छ । क्षेत्र नम्बर ४ मा ६० हजार १५० पुरुष र ४७ हजार ७५६ महिला गरी कुल एक लाख ७ हजार ६०६ मतादाता रहेकोमा ६० मतदानस्थल १३१ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख रंजिता झाले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

चितवनमा बाह्य खोप केन्द्र सञ्चालन नगरिने

काठमाडौं । पाठेघरको मुखमा हुने क्यान्सर हुन नदिने भ्याक्सिन एचपिभी खोप का लागि  चितवनमा ...

बाँकेमा दुई हजार तीन सय बढी अस्थायी मतदाता

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्नका लागि बाँकेमा...

जेनजी आन्दोलनमा लुटिएको हतियारसहित दुई पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको...

२६ औँ बुढासुब्बा गोल्डकपको तयारी पुरा

काठमाडौं । २६ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ ।...