सल्यानमा अटो दुर्घटना, १० जना घाइते

Published on

काठमाडौं । सल्यानको शारदा नगरपालिका–२ खलङ्गास्थित सिँचाइ कार्यालयनजिक खलङ्गा–श्रीनगर सडक खण्डमा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । श्रीनगरबाट खलङ्गातर्फ आउँदै गरेको रा. १ ह. २१९५ नम्बरको अटो दिउँसो करिब २ बजे अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अटोमा चालकसहित ११ जना सवार थिए ।

दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ । घाइतेमध्ये सिद्दकुमाख गाउँपालिका–१ का ७८ वर्षीय टरबहादुर रेउले र ३ वर्षीया सृष्टि विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको छ । अटो चालक शारदा नगरपालिका–६ का २५ वर्षीय अर्जुन डाँगी सकुशल छन् । चालकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको पाइएको र उहाँलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक पूर्णबहादुर केसीको कमान्डमा ९ जनाको प्रहरी टोली घटनास्थलमा खटिएका थिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ । घाइते सबैको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

ओलीको निर्वाचन केन्द्रित एकसाता लामो दौडधुप स्थगन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले एकसाता लामो मतदाता...

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

काठमाडौं । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज...

कार्य सम्पादनमा सुदूरपश्चिम प्रदेश उत्कृष्ट

काठमाडौं । सुदूरपश्चिम प्रदेश कार्य सम्पादन मूल्याङ्कनमा लगातार दोस्रो पटक मुलुकमै उत्कृष्ट बनेको छ...

कांग्रेसलाई स्वास्थ्यकर्मीको ४१ बुँदे सुधार प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका शुभेच्छा संस्था तथा लोकतन्त्रवादी स्वास्थ्यकर्मीहरूले आगामी निर्वाचनका लागि पार्टीले तयार...