बाँकेमा आचारसंहिता पालना कडाइसाथ निगरानी सुरु

Published on

काठमाडौं । बाँके जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन आचारसंहिता पालना गर्न कडाइका साथ निगरानी सुरु गरिएको छ । निर्वाचन आयोगले गठन गरेको निर्वाचन आचारसंहिता अनुगमन समितिले जिल्लामा आचारसंहिता पालना गराउन कडाइका साथ अनुगमन सुरु गरिएको जनाउँदै निर्वाचन क्षेत्र नम्बर २ र ३ मा आचारसहिंता विपरित गरिएको भनि मौखिक उजुरी आएको बताएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा आचारसंहिता अनुगमन समितिका अधिकृत पूृर्णबहादुर खत्रीले उम्मेदवारले विद्यालयमा कार्यक्रम गरेको, पालिका वडाध्यक्षले पालिकामा प्रचारप्रसार गरेको र पालिकाको डोजर तथा टिपर प्रयोग गरेर सडक ग्राभेल गरेकोलगायत उजुरी आएको बताउनुभयो ।

उहाँले ती सबै उजुरीलाई गम्भीरतापूर्वक लिंदै आचारसंहिताविपरीत कुनै पनि काम गर्न नपाइने जनाउँदै सम्बन्धितलाई सो बारेमा कडाइका साथ सचेत गराइएको बताउनुभयो । उहाँले थप्नुभयो, “हामीले स्थलगत अनुगमन पनि गर्छौं, तर अहिले सूचना र जानकारी आएका आधारमा कामको शूरुवात गरेका छौँ, निगरानी कडा पार्दै जानेछौं ।” प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष भयरिहत वातावरणमा सम्पन्न गराउने उद्देश्यले निर्वाचन आचारसंहिता पालना गर्न अनुगमन समितिले जिल्लाका तीनवटै क्षेत्रमा अनुगमनलाई तीव्र पार्ने समितिले जनाएको छ ।

निर्वाचन आयोगले अनुगमनका लागि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खत्री र कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख सर्वोदय उपाध्यायलाई अनुगमन अधिकृतका रुपमा तोकेको छ । अनुगमन समितिका अनुसार निर्वाचन प्रचारप्रसारको काम आगामी फागुन चार गतेदेखि १८ गतेसम्म मात्रै गर्न पाउने कानुनी प्रावधान रहेको छ । निर्वाचन आयोगद्वारा जारी भएको निर्वाचन आचारसंहिता भने गत माघ चारगतेदेखि नै लागू भएको आयोगले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

ओलीको निर्वाचन केन्द्रित एकसाता लामो दौडधुप स्थगन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले एकसाता लामो मतदाता...

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

काठमाडौं । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज...

कार्य सम्पादनमा सुदूरपश्चिम प्रदेश उत्कृष्ट

काठमाडौं । सुदूरपश्चिम प्रदेश कार्य सम्पादन मूल्याङ्कनमा लगातार दोस्रो पटक मुलुकमै उत्कृष्ट बनेको छ...

कांग्रेसलाई स्वास्थ्यकर्मीको ४१ बुँदे सुधार प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका शुभेच्छा संस्था तथा लोकतन्त्रवादी स्वास्थ्यकर्मीहरूले आगामी निर्वाचनका लागि पार्टीले तयार...