२६ औँ बुढासुब्बा गोल्डकपको तयारी पुरा

Published on

काठमाडौं । २६ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ ।  माघ २२ गते देखि धरान १६ स्थित रङ्गशालामा सुरु हुने गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन गर्दै क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभयो ।  अटिजमबारे सचेतना जगाउनको लागि र अटिजम भएका बच्चाहरुलाई माया गरौं भन्ने सन्देश दिनको लागि उद्घाटन खेलअघि दुबै टिमका खेलाडीहरु मैदान प्रवेश गर्दा अटिजम भएका बच्चाहरुलाई साथमा लिएर प्रवेश गर्ने अध्यक्ष तामाङले जानकारी दिनुभयो । 

उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र जर्जियन क्लब भारतबीच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा न्यूरोड टिम(एनआरटी), चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथग क्लब, नेपाल पुलिस क्लब, पोखराको लालीगुराँस एशोसिएशन, झापा ११, जर्जियन क्लब भारत, रोयल थिम्पु भुटान र आयोजक धरान फुटबल क्लब गरि १० वटा टिम सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टिमले उपाधि ट्रफीसहित नगद १० लाख र उपविजेताले ५ लाख पाउने छ । फाइनल खेल्ने दुई टिमबाट उत्कृष्ट खेलाडी छनौट गरेर सर्वोत्कृष्ट खेलाडीले डियो स्कुटर पाउने पनि आयोजकले जनाएको छ । प्रतियोगिताको प्रिक्वार्टर खेलहरुको टिकटदर सय रुपैया, सेमीफाइनलको २ सय र फाइनलको ४ सय रुपैया रहेको छ । 

विद्यार्थीहरुलाई प्रिक्वार्टरको ५० र सेमीफाइनलको सय रुपियाँ टिकट लाग्नेछ भने फाइनलमा छुट नदिइने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा गुरुङ बिबिक्युका सञ्चालकले आयोजक क्लबका प्रशिक्षकहरुलाई ट्रयाक सुट वितरण गर्नुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

गहवामाइको डोलीयात्राको अवसरमा रक्तदान

काठमाडौं । शक्तिपिठको रुपमा पर्सा जिल्लामा मात्र नभइ यस भेगमा प्रख्यात माइस्थान गहवामाइ मन्दिरको...

ग्रामीण सडकमा ट्राफिक सचेतना कार्यक्रम

काठमाडौं । ट्राफिक कार्यालय बागलुङले सवारी दुर्घटना न्युनीकरणका लागि ग्रामीण सडकमा चल्ने सवारी, चालक...

सेतो मच्छिन्द्रनाथ जात्राको तयारी

काठमाडौं । काठमाडौँको जमल तीन धारा पाठशाला अगाडि सेतो मच्छिन्द्रनाथको रथ निर्माण अन्तिम चरण...

निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले  जनप्रतिनिधिको काँधमा ठूलो दायित्व...