केन्जोको प्रतिमा निर्माण

Published on

काठमाडौं । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पदमचाल (केन्जो) फुलको प्रतिमा निर्माण गरेको छ । हिमाली भेगमा पाइने दुर्लभ प्रजाति केन्जो फुलको प्रचारप्रसार तथा संरक्षणका लागि प्रतिमा निर्माण गरिएको हो । सिदिङबा गाउँपालिकामा अवस्थित तिम्बुङ पोखरी क्षेत्रमा प्रशस्तै केन्जो पाइने भएकाले राजधानी घोषणा गर्ने योजना अनुरूप केन्जोको प्रतिमा निर्माण गरिएको छ । नवनिर्मित केन्जोको प्रतिमा कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य तिलकुमार मेन्याङबो, गाउँपालिकाका अध्यक्ष मान बहादुर राई, उपाध्यक्ष कृष्ण कुमारी कडरिया (बन्दना) लगायत विभिन्न पालिकाको अध्यक्ष, उपाध्यक्षको उपस्थितिमा अनावरण गरिएको छ । पालिकाको केन्द्रमा रहेको पर्यटकीय क्षेत्र टावरडाँडामा केन्जोको प्रतिमा निर्माण गरि अनावरण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार करिब सात फिट उचाइ भएको केन्जोको प्रतिमा डेढ लाख रुपियाँको लागतमा निर्माण गरिएको छ । 

केन्जो ताप्लेजुङको तिम्बुङ पोखरी, तोक्पेगोला लगायतका क्षेत्रमा पाइने गरिएको छ । पछिल्लो समयमा तिम्बुङ पोखरीमा घुम्न हिँडेका पर्यटक केन्जोको समेत दर्शन गरेर फर्किने क्रम बढेको छ। जो पर्यटक तिम्बुङ पोखरीमा पुग्छन्, उनीहरूले केन्जोसँग अनिवार्य फोटो खिचेर मात्र फर्किने गरेका छन् । ठूला पात भएको कन्जो फुल्दा पिरामिड आकारमा टावर जस्तै अग्लो हुने भएकाले मानिसको आकर्षण पर्न थालेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

रामेछापको मन्थलीमा यात्रुवाहक बस तामाकोशीमा खस्यो, ६ जनाको मृत्यु, ५ घाइते

काठमाडौं । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ त्रिवेणी घाटमा...

दार्चुलामा जनपद प्रहरी हवल्दार मृत फेला, घटनामा शङ्का बढेपछि दुई जना पक्राउ

काठमाडौं । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी...

निर्वाचन स्वच्छ र विश्वसनीय बनाउन आचारसंहिताको कडाइ आवश्यक : आयुक्त तुलाधर

काठमाडौं । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचनलाई स्वच्छ, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचन...

काठमाडौं महानगरमा विद्यालय केन्द्रित एचपीभी खोप अभियान व्यवस्थित गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी (HPV) खोप अभियानलाई...