उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत

Published on

काठमाडौं । कनककुमारी पोखरेल स्मृति प्रतिष्ठानले रावाबेँसी गाउँपालिकाका छ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र चार जना उत्कृष्ट छात्रालाई नगदसहित पुरस्कृत गरेको छ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलकी स्वर्गीय आमा कनककुमारी पोखरेल र दाजु डोरमणि पोखरेलको सम्झनामा रु सात लाखको अक्षयकोषबाट उनीहरूलाई जनही रु सात हजार प्रदान गरिएको हो । मङ्गलबार यहाँ आयोजित कार्यक्रममा सम्झना थापामगर, इन्द्रा परियार, लङ्कमाया मगर, शिवकुमारी पाण्डे, प्रमिला थापामगर र निर्मला श्रेष्ठलाई उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका पुरस्कार प्रदान गरिएको हो । यसैगरी, खार्पास्थित शारदा उच्च माध्यमिक विद्यालयमा कक्षा–११ मा अध्ययनरत नविना मगर तथा कक्षा–१२ की ललिता श्रेष्ठ, गोमा तामाङ र गीता विशङ्खेलाई अघिल्लो परीक्षामा सर्वाधिक अङ्क प्राप्त गरेबापत पुरस्कृत गरिएको हो । गोरखापत्र

spot_img

ताजा समाचार

सुन्तला बिक्रीबाट लोभलाग्दो आम्दानी

काठमाडौं । जिल्लाको काठेखोला गाउँपालिकाको बिहुँ किम्बोटका एक दम्पतीले सुन्तला बिक्री गरेर १० लाख...

खजुरा गाउँपालिकाद्वारा २८ वटा ऐन कानुन निर्माण

काठमाडौं । बाँकेको खजुरा गाउँपालिकाले हालसम्म २८ वटा कानुन निर्माण गरिसकेको जनाएको छ ।...

एघार मतदान केन्द्र : सयभन्दा कम मतदाता

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुस्ताङका एघार मतदान...

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ५० अर्ब रुपैयाँ निक्षेप संकलन

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ऋण प्रवाह गर्न मिल्ने रकम (तरलता) अत्यधिक भएपछि...