मौसमले साथ नदिए दोस्रो चरणमा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

Published on

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको दिनमै हिमपात भएको स्थानमात्रै दोस्रो चरणमा निर्वाचन हुनसक्ने बताउनुभएको छ । अत्याधिक चिसोका कारण हिमाली जिल्लामा दोस्राे चरणमा निर्वाचन गर्ने चर्चाकाबिच अर्थमन्त्री खनालले देशभर एकसाथ निर्वाचन गर्ने बाहेक सरकारले अर्को योजना नबनाएको बताउनुभयो । धौलागिरीको पर्वत, बागलुङ र म्याग्दी जिल्लामा निर्वाचनको तयारी तथा सुरक्षा व्यवस्थापनका बारेमा जानकारी लिने क्रममा अर्थमन्त्री खनालले मुस्ताङ सहितका हिमाल जिल्लामा भारी हिमपात भएकै कारण मतदानस्थलमा असर गरेमा तत्काल निर्णय गरिने बताउनुभयो । अर्थमन्त्री खनालले भन्नुभयो,‘‘अहिले हिमपात भइरहेका ठाउँमा फागुन महिनामा मौसम सफा हुन्छ, हामीले एकैपटक निर्वाचन सम्पन्न गरी आफ्नो जिम्मेबारी पूरा गर्न चाहन्छौ ।’’ अर्थमन्त्री खनालले सञ्चारमाध्यममा आएजस्तो हिमाली जिल्लाको निर्वाचन सार्ने विषयमा सामान्य कुराकानी समेत नभएको अवस्थामा तराई, पहाड र हिमाली जिल्लामा तोकिएको समयमै मतपत्र सहित निर्वाचनलाई आवश्यक पर्ने सामग्री पुग्ने बताउनुभयो । 

मौसम प्रतिकुल, बर्षा बाहेक अचानक हिमपात भएको अवस्थामा तत्कालिन परिस्थितीलाई नै हेरेर निर्णय गरिने भएकाले निर्वाचनको तयारीमा जुट्न अर्थमन्त्री खनालले मुख्य निर्वाचन अधिकृतको कार्यालय, प्रमुख जिल्ला अधिकारी, सूरक्षा निकाय, निर्वाचन कार्यालयलाई निर्देशन समेत दिनुभयो । शान्तिपूर्ण, भयमुक्त र मर्यादित रूपमा सम्पन्न गर्नु अन्तरिक सरकारको मुख्य जिम्मेबारी भएको बताउँदै अर्थमन्त्री खनालले निर्वाचनको तयारी र सम्पन्नसम्मका लागि सरकार दिनरात खटिएको बताउनुभयो । निर्वाचन तयारी, सम्पन्नका लागि आवश्यक पर्ने थप बजेट निकासाका लागि समेत  सरकार तयार रहेको अर्थमन्त्री खनालको भनाइ छ । धौलागिरीको पर्वत, बागलुङ र म्याग्दीको तुलनामा निर्वाचनमा चुनौती मुस्ताङ जिल्लामा रहेको छ। मुस्ताङको उपल्लो क्षेत्रमा पर्ने लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा ३५ सय ५३ मतदाता रहेका छन् भने थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र गाउँपालिकामा ७ हजार ७ सय ७५ मतदाता रहेका छन् । मतदानको समयमा हिमपात भएमा लोमान्थाङ, लो–घेकर  दामोदरकुण्ड र बाराजुङ मुक्तिक्षेत्र गाउँपालिका केही मतदानस्थल प्रत्यक्ष असर तथा सम्रग जिल्ला प्रभावित हुनसक्छ। एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा ३९ मतदानस्थलमा कुल ११ हजार ३ सय २८ रहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

ओलीको निर्वाचन केन्द्रित एकसाता लामो दौडधुप स्थगन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले एकसाता लामो मतदाता...

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

काठमाडौं । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज...

कार्य सम्पादनमा सुदूरपश्चिम प्रदेश उत्कृष्ट

काठमाडौं । सुदूरपश्चिम प्रदेश कार्य सम्पादन मूल्याङ्कनमा लगातार दोस्रो पटक मुलुकमै उत्कृष्ट बनेको छ...

कांग्रेसलाई स्वास्थ्यकर्मीको ४१ बुँदे सुधार प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका शुभेच्छा संस्था तथा लोकतन्त्रवादी स्वास्थ्यकर्मीहरूले आगामी निर्वाचनका लागि पार्टीले तयार...