एघार मतदान केन्द्र : सयभन्दा कम मतदाता

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुस्ताङका एघार मतदान केन्द्रमा एकसयभन्दा कम मतदाता संख्या रहेको छ । जिल्लाका पाँच वटा स्थानीय तहमध्ये लो–घेकर दामोदरकुण्ड र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाभित्र सबैभन्दा थोरै मतदात भएका केन्द्र छन् । जिल्ला निर्वाचन कार्यालय मुस्ताङका अनुसार वारागुङ मूक्तिक्षेत्र गाउपालिका–३, समरको समर आमाविमा सबैभन्दा कम ३६ जना मतदाता रहेका छन् । सोही गाउँपालिकाको वडा नं ५ साङ्तास्थित हिमाली आमाविमा ३९ जना, वडा नं १ लुप्रा आमाविमा ६५ जना, वडा नं ३ ध्याकरको अरनिको आमाविमा ६६ जना रहेका छन् । यसैगरी उपल्लो मुस्ताङमा पर्ने लो–घेकर दामोदरकुण्ड वडा नं ४ ढी आमाविमा ७० जना, यारा आमाविमा ७३ जना, वडा नं ५ ध्ये शालिग्राम युवा क्लव, ध्ये थाम्जुङमा ८८ जना र शालिग्राम आमावि ताङ्गयामा ९८ जना  मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले बताउनुभयो । निर्वाचन अधिकारी ज्ञवालीले भन्नुभयो,‘‘तोकिएको मतदान केन्द्रको स्थलगत अनुगन भइरहेको छ, मतदाता धेरैथोरै भएपनि आवश्यक पूर्वाधार प्रयाप्त छन् ।’’ 

जिल्लामा निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन मतदानस्थलको निरीक्षण तथा सुरक्षा ब्यवस्थाको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताउनुभयो।जिल्लाका सबै मतदानस्थलको अनुगमन अन्तिम चरणमा पुगेको प्रजिअ शर्माको भनाई छ । उहाँका अनुसार वारागुङ मूक्तिक्षेत्र–५,साङ्ता गाउँको मतदान केन्द्र सार्न प्रस्ताव वडा कार्यालयबाट आएपनि निर्णय भइसकेको छैन । जिल्लामा मतदानस्थल समुन्द्री सतहदेखि ३ हजार ८ सय मिटरभन्दा माथिल्लो उचाईमा समेत रहेका छन् । मुस्ताङमा सबैभन्दा धेरै मतदाता लोमन्थाङ गाउँपालिका वडा नं ५ राष्ट्रि«य आधारभुत विद्यालयमा ६ सय २० जना मतदाता रहेका छन् । थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदानस्थलमा कुल ११ हजार ३ सय २८ रहेका छन् । मुस्ताङमा नेपाली कांग्रेसबाट योगेश गौचन थकाली, नेकपा एमालेका इन्द्रधारा डाढु विष्ट, नेपाली कम्युनिष्ट पार्टीबाट ङुटुक गुरूङ र राष्ट्रि«य स्वतन्त्र पार्टीबाट अधितियचन्द्र थकाली,आम जनता पार्टीबाट अजय विक, मंगोल नेशनल अर्गनाइजेशनबाट यमबहादुर गुरूङ, राष्ट्रि«य प्रजातन्त्र पार्टीबाट कमला लालचन र उज्यालो पार्टीबाट डा. सुरेन्द्र शेरचन समेत उम्मेदवार हुनुहुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...