दिक्तेललाई तराईसँग जोड्ने बाटोको महभिर फोड्न सुरु

Published on

काठमाडौं । जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो बाटोमा अवरोध गरिरहेको महभिर फोड्ने काम सुरु भएको छ । महभिरमा ठूलो चट्टान भएकाले हालसम्म सडक जोड्न सकिएको छैन । सो चट्टान फोडेर सडक जोड्नका लागि कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट विनियोजन भएर ठेक्का लागेपछि काम सुरु भएको हो । मन्त्रालयको निवर्तमान मन्त्री भुपेन्द्र राईका अनुसार मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२–८३ मा २ करोड बजेट विनियोजन भएको थियो । विनियोजित बजेटमा ठेक्का प्रक्रियाबाट श्री कमला कष्ट्रक्सन एण्ड सप्लायर्स उदयपुरले १ करोड ७ लाख ७७ हजार ८४७ रुपियाँमा निर्माण सम्झौता गरेको पूर्वाधार कार्यालय खोटाङका लेखा प्रमुख सिताराम राउतले बताउनुभयो ।

दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेलबाट तराईको जिल्ला आवत–जावत गर्ने सबैभन्दा छोटो दुरीको सडक हो । तर, निर्माणाधीन उक्त सडक जोड्नका लागि राजापानीस्थित महभिर बाधक बनेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –४ खाल्ले आहालेबाट हलेसी तुवाचुङ नगरपालिका –११ राजापानीको महभिरसम्म र सगरथामा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडक खण्डको रेग्मीटारबाट महभिरसम्म ट्रयाक खोलिएको छ । महभिरमा ठूलो चट्टान भएकाले विकल्पको रुपमा राजापानीस्थित पुरानो गाउँ हुँदै रेग्मीटारको सडक प्रयोगहुँदै आएको छ । सिधा सडक जोड्न महभिर बाधक भएकाले हाल उक्त सडक खासै प्रयोग भइरहेको छैन् । दिक्तेल–महुरे–बुइपा–राजापानी रेग्मीटार सडकभन्दा खानीडाँडा–आहाले–रेग्मीटार सडक करिब २५ किलोमिटर छोटो रहेको छ । जसकारण जिल्ला सदरमुकामबाट तराई जोड्ने सबैभन्दा छोटो दुरीको सडकको ट्रयाक सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिएको मन्त्री राईले बताउनुभयो । सोहीअनुसार ठेक्का प्रक्रिया पूरा भएर सडक खन्ने काम पनि सुरु भइसकेको छ । 

महभिरमा रहेको चट्टान फोडेर खनिसकेको पुरानो बाटो पनि सफा गर्नेगरी ठेक्का लागेको भौतिक पूर्वाधार कार्यालयका लेखा प्रमुख राउतले बताउनुभयो । यही वर्षबाट सबैभन्दा छोटो दुरीको सडक सुरुवात हुने उहाँको भनाइ छ । दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा नियमित यातायात सञ्चालन भएमा तराई यात्रा गर्न, जिल्लामा खाद्यान्न, हार्डवयेर, इन्धनलगायत दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज हुनेछ । बाह्रै महिना सडक सञ्चालनका लागि अवरोध गर्ने दिखुवा खोलामा मोटरेबल पुल निर्माणको काम पनि भइरहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –४ खाल्ले र १५ विजयखर्कको सिमानामा अवस्थित दिखुवा खोलामा मोटरेबल पुल निर्माणका लागि गत जेठमा मन्त्री राईले पुलको शिलान्यास गर्नुभएको थियो । हाल पुल निर्माणको काम भइरहेको छ । प्रदेश सडक पुल सहयोग इकाई ईटहरी र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय खोटाङको साझेदारीमा दिखुवा खोलामा (ट्रष्ट ब्रिज) मोटरेबल पुल बन्न लागेको हो । गोरखापत्र

spot_img

ताजा समाचार

गल्कोट घुम्टे सहकारीको नयाँ सञ्चालक समिति निर्विरोध चयन, वित्तीय अवस्था सार्वजनिक

काठमाडौं – काठमाडौंको शंखमूल, नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको...

गल्कोट घुम्टे सहकारीद्वारा उपहार खबरका सञ्चालक तथा प्रधान सम्पादक रामदत्त मिश्र सम्मानित

काठमाडौं – गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले उपहार खबरका सञ्चालक तथा प्रधान सम्पादकलाई...

प्रधानमन्त्री बालेन आज भारतको राजकीय भ्रमणमा जाँदै, ३४ सदस्यीय टोलीको नेतृत्व गर्ने

काठमाडौं -प्रधानमन्त्री बालेन शाह आज भारतको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँ ३४ सदस्यीय...

सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी १० विकेटले पराजित

काठमाडौं – सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ...