कार्यसम्पादन मूल्याङ्कनमा जुम्लाको हिमा गाउँपालिका प्रथम

Published on

काठमाडौं । कार्य सम्पादन मूल्याङ्कनमा जुम्लाका आठ स्थानीय तह मध्य हिमा गाउँपालिका उत्कृष्ट अङ्क सहित प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१-०८२ को कार्यसम्पादन मूल्याङ्कन कुल प्राप्त अङ्क मध्य ६४ दशमलव ०२ प्रतिशत उत्कृष्ट अङ्क ल्याउदै हिमा गाउँपालिका प्रथम भएको हो । यस्तै, कनकासुन्दरी गाउँपालिकाले ६०.८४ प्रतिशत अङ्क प्राप्त गरी दोस्रो स्थानमा रहेको छ । 

सिँजा गाउँपालिकाले ५७।९५ प्रतिशत अङ्क ल्याएर तेस्रो स्थान हुन सफल भएको छ । यसैगरी क्रमश : तातोपानी गाउँपालिकाले ५७.८८ प्रतिशत, गुठिचौरले ५४.२८ प्रतिशत, चन्दननाथ नगरपालिकाले ४८.६५ प्रतिशत अङ्क प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहिबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै तिला गाउँपालिकाले ४७ दशमलव ९० प्रतिशत अङ्क पाएको छ । 

सबैभन्दा कमजोर पातारासी गाउँपालिकाले ४४।१६ प्रतिशत अङ्क प्राप्त गरेको वित्त आयोगको तथ्याङ्कमा उल्लेख गरिएको छ । आर्थिक वर्षको राजस्व र आय, व्ययको अनुमान समयमा गाउँसभामा पेस गरे नगरेकोदेखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पूँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचाङ्कको आधारमा मूल्याङ्कन हुने गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...