बुटवल उपमहानगर कार्यसम्पादनमा उत्कृष्ट

Published on

काठमाडौं । बुटवल उपमहानगरपालिका देशभरिका ११ उपमहानगरपालिकामध्ये कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा अगाडि देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजामा बुटवल उपमहानगर अरु उपमहानगरभन्दा बढी अङ्कसहित उत्कृष्ट भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको रिपोर्ट अनुसार बुटवल उपमहानगर ६४ दशमलब ४४ अङ्कसहित सबैभन्दा अगाडि छ । सबैभन्दा कमजोर भने इटहरी उपनगरपालिका छ । इटहरीले ३८ दशमलब ९६ अङ्क मात्र पाएको छ ।

सार्वजनिक तथ्याङ्क अनुसार दाङको दुई उपमहानगरमध्ये तुलसीपुर उपमहानगरपालिकाले ६१ दशमलब ५३ र घोराहीले ६१ दशमलब ०८ अङ्क पाएको छ । त्यसैगरी धरान उपमहानगरपालिकाले ४९ दशमलब ७६ अङ्क पाएको छ । आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्याङ्कन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे नगरेको, असार मसान्तभित्र बजेट पास गरे नगरेको उल्लेख छ । यसैगरी आर्थिक वर्ष २०८१–८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे नगरेको समेत मूल्याङ्कनको सूचक मानिएको छ । 

त्यसैगरी बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे नगरेकोलाई समेत सूचक मानिएको छ । राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भजाँच गर्ने महिला अनुपात, एसइई परीक्षा नतिजा, खोप लगायतका सूचकलाई पनि मूल्याङ्कनको आधार बनाउने गरिएको आयोगको रिपोर्टमा उल्लेख छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...