बालबालिकालाई निर्वाचन गतिविधिमा संलग्न नगराउन आग्रह

Published on

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा प्रचारप्रसार गर्नेक्रममा कुनै पनि राजनीतिक दलले बालबालिकाकालाई चुनावी गतिविधिमा संलग्न नगराउन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ । नेपालको संविधान, बाल अधिकारसम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताले समेत बालबालिकालाई राजनीतिक प्रयोजनका लागि प्रयोग गर्न निषेध गरेको हुँदा उक्त कार्य नगर्न नगराउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले निर्वाचनलाई भयरहित वातावरणमा स्वच्छ र मर्यादित सम्पन्न गराउनु सबैको दायित्व रहेको बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै बालबालिका राष्ट्रको भविष्य भएकाले उनीहरूलाई राजनीतिक प्रभाव, जोखिमपूर्ण गतिविधि तथा शारीरिक–मानसिक शोषणबाट टाढा राख्नु राज्य, राजनीतिक दल र समाजको साझा जिम्मेवारी भएको जनाएको छ ।

यसैक्रममा जिल्ला सुरक्षा समित रौतहटले जिल्लाका सबै राजनीतिक दल, उम्मेदवार, समर्थक तथा सरोकारवालालाई चुनावी प्रचारप्रसार गर्नेक्रममा सभा, जुलुस, घरदैलोलगायतका विविध गतिविधिमा बालबालिकाको प्रयोग नगर्न र निर्वाचन प्रक्रियालाई सभ्य, बालमैत्री एवम् कानुन सम्मत सम्पन्न गराउन विशेष आग्रह गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

नयाँ भवनबाट इलाका प्रशासनको सेवा सञ्चालन

काठमाडौं । इलामको पश्चिमी क्षेत्रलाई लक्षित गर्दै निर्माण गरिएको आफ्नै नयाँ भवनबाट इलाका प्रशासन...

मेयरकालमा काठमाडौँ महानगरमा ‘अकल्पनीय’ विदेशी चलखेल हुन्थ्यो: बालेन्द्र शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता तथा काठमाडौँ महानगरका निवर्तमान मेयर बालेन्द्र...

फरार सात कैदी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनको समयमा काठमाडौँका विभिन्न कारागारबाट फरार भएका सात कैदीलाई प्रहरीले पक्राउ...

मूलकलाई अस्थिर बनाउने प्रयत्नलाई नेकपा एमालेलेमात्र परास्त गर्न सक्छ:ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मूलक अप्ठेरो परिस्थितिमा...