सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने

Published on

काठमाडौं । सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ । विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि सार्वजनिक बिदा भएपनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला रहने जनाएको छ । सरकारले आज ग्याल्पो ल्होछार र भोलि बिहीबार प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ । दुवै दिन विहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहनेछ । विभागले आज राहदानी वितरण सेवा प्रदान गर्ने जनाएको छ । यस्तै बिहीबार भने राहदानीका लागि आवेदन फारम सङ्कलन हुने जनाएको छ । अत्यावश्यक सेवा भएकाले सार्वजनिक बिदाको दिन पनि कार्यालय खुला रहने विभागले स्पष्ट पारेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

धनकुटामा नयाँ अध्यायको दाबी गर्दै बिभत्सु थापा चुनावी मैदानमा

धनकुटा । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले स्थापना गरेको नीतिगत स्पष्टता, संस्थागत सन्तुलन र राष्ट्रिय दृष्टिकोणले...

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचनको सफलताको कामना

काठमाडौं । बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य...

बहत्तर वर्षमा भुजेललाई नागरिकता

काठमाडौं । बन्दीपुर गाउँपालिका–४ लोहीपाखाकी ७२ वर्षीया मङ्गली भुजेलले अन्ततः नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको...

दिपेन्द्र विष्टद्वारा बाँके २ का लागि चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य...