धनकुटामा नेपाली सेनाको सुरक्षा गस्ती तीव्र

Published on

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै धनकुटामा नेपाली सेनाले सुरक्षा गस्ती तीव्र बनाएको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सेनाले जिल्लाभर गस्तीलाई तीव्र पारिएको हो। भिम दल गण, सल्लेरी धनकुटाका अनुसार, जिल्लाभर रहेका ११९ मतदान स्थल र १६६ मतदान केन्द्रमा सेनाको सुरक्षा टोली खटाइएको छ। नेपाल सरकारले दिएको निर्देशन अनुसार एकीकृत निर्वाचन सुरक्षा योजना अन्तर्गत धनकुटाका सातवटै पालिका र गाउँगाउँमा आवश्यकतानुसार सेना परिचालन गरिएको छ। गणले नागरिक प्रशासनलाई सहयोग पुर्‍याउने, संवेदनशील क्षेत्र र महत्त्वपूर्ण पूर्वाधारको सुरक्षा गर्ने, निर्वाचन अवधिभर उत्पन्न हुन सक्ने आपतकालीन अवस्था व्यवस्थापन गर्ने र निर्वाचन सामग्रीको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले गस्ती तीव्र बनाएको जनाएको छ। नेपाली सेनाले अस्थायी बेस स्थापना गरी सैनिक गस्ती बढाएको छ। आवश्यकता अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसँग समन्वय गर्दै संवेदनशील क्षेत्रमा संयुक्त गस्तीको व्यवस्था गरिएको छ। धनकुटामा कुल ११९ मतदान स्थल, १६६ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र रहेका छन्। प्रतिनिधि सभा सदस्यका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको यस जिल्लामा १ लाख १८ हजार ४२५ मतदाता रहेका छन्। गोरखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...