नवलपुरका दुबै क्षेत्रमा रास्वपाको सुरुवाती अग्रता

Published on

काठमाडौं । नवलपुरका दुबै निरणवाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता लिएको छ। क्षेत्र नम्बर १ मा रास्वपाका राजन गौतमले २ हजार ६७ मतसहित अग्रता लिनु भएको हो। नेपाली काँग्रेसका बालकृष्ण घिरमरेले ६ सय २० मत प्राप्त गर्नु भएको छ। नेकपा एमालेका भागिरथ सापकोटाले एक सय ५४ र नेकपाका लोकप्रसाद भु्तर्तेलले ४७ मत पाउनु भएको छ।

यहाँ नेपाली कांग्रेसका डा शशांक कोइरालाले चार पटक चुनाव जित्नु भएको थियो। यहाँ ५२ हजार ९५ मत खसेको थियो। त्यस्तै क्षेत्र नम्बर २ मा रास्वपाका मनिष खनालले अग्रता लिनु भएको छ। ताजा अवस्थामा उहाँले ७ सय ४२ मत प्राप्त गर्नु भएको छ। यहाँ एमालेका तिलक महतले ४ सय ८२ र कांग्रेसका ओम बहादुर घर्तीले दुईसय ८२ मत पाउनु भएको छ। यहाँ ५१ हजार ६४३ मत खसेको थियो।  गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ज्ञानेन्द्र शाहीको फराकिलो अग्रता

काठमाडौं । जुम्ला कनकासुन्दरी गाउँपालिकाको वडा नम्बर १, २, ३, ५, ६ र ७...

झापा–४ मा रास्वपाको अग्रता

काठमाडौं । झापाको क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सम्भुप्रसाद ढकालले सुरुवाती अग्रता लिनुभएको...

पाँचथरमा मतगणना सुरु

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत पाँचथरमा मतगणना कार्य सुरु भएको छ । जिल्लाको...

बैतडीमा मतगणना सुरु

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बैतडी जिल्लाको मतगणना सुरु गरिएको छ । मुख्य...