चुनाव जितेपछि उत्सव नगरी किताब बिक्री गर्दै महावीर पुन

Published on

काठमाडौं । चुनाव जितेका कतिपय उम्मेदवारहरु यतिखेर उत्सव मनाउन व्यस्त छन् । तर म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर दोब्बर मतले विजयी हुनुभएका डा. महावीर पुन भने यतिखेर फुर्सदको समयलाई सदुपयोग गर्दै आफ्नो आत्मकथा नामक किताब बिक्री गर्न पोखरा पुग्नुभएको छ । पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले पोखरा पुग्नुभएका पुनले पहिलो दिनमै करिब आठ सय पुस्तक बिक्री गरेर ६ लाख रुपियाँ आम्दानी गर्नुभएको छ । राष्ट्रिय आविस्कार केन्द्रमार्फत वीरगञ्जमा कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन किताब बिक्री गर्न निस्केको उहाँको भनाइ छ । महावीरसँग किताब खरिद गर्न पोखरामा भिड नै लागेको छ । फुर्सदको समयको सदुपयोग गर्दै केही दिन पोखरामा किताब बिक्री गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘चुनाव जितेपछि म अहिले केही दिन फुर्सदमा छु । समग्ररुपमा देशभरीको अन्तिम नतिजा आउन बाँकी नै छ । प्रत्यक्ष तर्फको अन्तिम नतिजा आए पनि समानुपातिक तर्फको मतगणना चलिरहेको छ । सबै नतिजा आएपछि बल्ल सपथग्रहण र संसदको बैठक बस्ने होला । त्यसैले यो फुर्सदको समयमा किताब बिक्री गरौं भनेर निस्केको छु ।’’ किताब बिक्री गरेर पहिलो दिन करिब ६ लाख आम्दानी भएको उहाँले बताउनुभयो । पुनः संस्थापक रहेको राष्ट्रिय आविस्कार केन्द्रमार्फत वीरगञ्जमा कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन महावीरले तीन वर्षयता आत्मकथा पुस्तक बिक्री गर्दै आउनुभएको छ । पुनले २२ हजार ८५० मत ल्याएर म्याग्दीबाट विजयी हुनुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । बर्दियाको गुलरिया...

स्वतन्त्रता सेनानी इन्दुदेवी नौलखाको निधन

काठमाडौं । प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान पुर्‍याउनु भएकी स्वतन्त्रता सेनानी इन्दुदेवी नौलखाको ९३...

विवाहमा गएका दुई किशोरीको शव फेला, एक बेपत्ता

काठमाडौं । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ३ भाग्ले नजिकै सानीभेरी नदिमा दुई किशोरीको शव फेला...

ट्राफिक नियम सिकाउँदै विद्यार्थी

काठमाडौं । बेनीमा सवारी दुर्घटना न्यूनिकरणका लागि सवारी चालकलाई ट्राफिक नियम सिकाउनका लागि प्रहरी...