निर्वाचनपछि कांग्रेसको पहिलो बैठक : समानुपातिक सांसद छान्न छलफल हुँदै

Published on

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो पटक बैठक बसेको हो ।  बैठक पार्टी सभापति गगन थापाको अध्यक्षतामा ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो । बैठकमा  समानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाउने एजेन्डा रहेको छ । निर्वाचन आयोगले दिएको समयसीमाभित्र समानुपातिकतर्फको अन्तिम नामावली बुझाउनुपर्ने भएकाले कांग्रेसले आजै नामावली तय गर्ने तयारी गरेको हो ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ २० सिट प्राप्त गरेको छ । बैठकमा पार्टीको चुनावी समीक्षा र आगामी रणनीतिबारे पनि छलफल हुँदैछ । कांग्रेस प्रवक्ता एवं केन्द्रीय सदस्य देवराज चालिसेले बैठकले समानुपातिकको नाम टुंगो लगाइने बताउनुभयो। गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय लिग फुटबल : काँक्रेबिहारमाथि जावलाखेलको सानदार जित

काठमाडौं । जावलाखेल युथ क्लबले एन्फा राष्ट्रिय लिग फुटबलमा काँक्रेबिहार क्लबमाथि सानदार जित निकालेको...

‘निर्वाचन सम्पन्न भयो, अब मुलुकले निकास पाउँछ’

काठमाडौं । अर्को कुरा, सानैदेखि मलाई ‘सहनुपर्छ, आत्तिनु हुँदैन’ भनेर सिकाइएको थियो । मलाई...

फुटबल टोलीको बन्द प्रशिक्षणमा ४९ खेलाडी

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले हङकङसँग यही चैत १२ गते हुने मैत्रीपूर्ण...

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधानलाई रोक लगाई पक्की बनाउन थालिएको छ...