काठमाडौं । काठमाडौँको जमल तीन धारा पाठशाला अगाडि सेतो मच्छिन्द्रनाथको रथ निर्माण अन्तिम चरण पुगेको छ । आउँदो बिहीबार चैते दसैँदेखि सुरु हुन लागेको सेतो मच्छिन्द्रनाथको रथ यात्रा को लागि तयारी स्वरूप रथ निर्माण भइरहेको हो ।
केल टोलको मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गे मुढा, असन कमलाक्षी हुँदै जमलको तीन धारका पाठशालामा पुर्याई रथमा विराजमान गराइ सकेपछि रथयात्रा सुरु हुने गर्छ । जात्राको पहिलो दिन जमलदेखि असन, दोस्रो दिन असनदेखि हनुमान ढोका, तेस्रो दिन लगनसम्म पुर्याइन्छ । गोरखापत्र

























