प्युठानमा मिनी बस दुर्घटनाः १६ जना घाइते

Published on

काठमाडौँ । शुक्रबार बिहान झिम्रुक गाउँपालिका–३ आहालखोलामा बाँदिकोटबाट बुटवल जाँदै गरेको स्वर्गद्वारी यातायात प्रा. लि. को ‘अन टेस्ट’ मिनी बस दुर्घटना भएको छ। दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार प्युठान नगरपालिका–२ की ५१ वर्षीया बिमला बिष्ट, झिम्रुक–३ का ३६ वर्षीया कमला केसी, ४५ वर्षीय हिरा जीसी, २२ वर्षीय प्रताप एमसी, १३ वर्षीय रुपेश पोख्रेल र २१ वर्षीया शुसिला पोख्रेललाई बुटवल रिफर गरिएको छ।

अन्य घाइतेहरु दाङ, झिम्रुक र बादिकोटका स्थानीयहरू हुन्। उनीहरूलाई टाउको, हातखुट्टा र शरीरका विभिन्न भागमा सामान्य चोट लागेको छ। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

रूसको ऊर्जा क्षेत्रमा “गैजप्रोम”को नयाँ रणनीति

काठमाडौँ । रूसी ऊर्जा कम्पनी ‘गैजप्रोम नेफ्ट’ले २०२६ मा आफ्नो हाइड्रोकार्बन उत्पादन बढाउने योजना...

स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल सङ्कट

काठमाडौँ । इरानले स्ट्रेट अफ होरमुजमा आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल बूथ’ प्रणाली लागु...

राष्ट्रपतिसमक्ष प्रधानमन्त्री बालेन्द्र शाहले लिनुभयो पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ...

सुनसरीमा हर्षोल्लासका साथ रामनवमी पर्व मनाइयो

काठमाडौँ । सुनसरीको पवित्र धार्मिक स्थल रामधुनी मन्दिर र अन्य राम मन्दिरहरूमा हर्षोल्लासका साथ...