काठमाडौँ । तनहुँ प्रहरीले अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टर र ठूलो परिमाणमा लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार प्रहरीले छुट्टाछुट्टै दुई स्थानमा गरेको विशेष अपरेसनका क्रममा यी सफलता प्राप्त भएका हुन् ।
तनहुँको भिमाद नगरपालिका–७ सिस्नेरीस्थित सेती नदीमा अवैध रूपमा ढुङ्गा उत्खनन भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भिमादबाट प्रहरी टोली खटिएको थियो । मङ्गलबार बिहान करिब ८ः४५ बजेको समयमा पुगेको प्रहरी टोलीले ढुङ्गा लोड गरिसकेको ग १ त ३१७६ नम्बरको ट्याक्टर र ढुङ्गा लोड गर्दै गरेको अवस्थामा ग १ त ५८७५ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । सूचना अधिकारी विकले अवैध उत्खननमा संलग्न ती ट्याक्टरहरूलाई आवश्यक कारबाहीका लागि भिमाद नगरपालिकाको कार्यालयमा पठाइएको जानकारी दिनुभयो । गोरखापत्र

