बैतडीमा एसइईको पहिलो दिन ५६ परीक्षार्थी अनुपस्थित

Published on

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन बैतडीमा ५६ जना परीक्षार्थी अनुपस्थित भएका छन्। नियमित, ग्रेडवृद्धि र प्राविधिक धाराका अंग्रेजी विषयको परीक्षामा उक्त संख्या अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाइ, बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिनुभयो। नियमिततर्फ १८ सय ५५ छात्र र १८ सय ७३ छात्रा गरी तीन हजार ७२८ परीक्षार्थी रहेका छन्। तीमध्ये अंग्रेजी विषयको परीक्षामा १३ छात्र र २६ छात्रा गरी ३९ जना अनुपस्थित रहेका छन्, प्राविधिक सहायक रामचन्द्र भट्टले जानकारी दिनुभयो। ग्रेडवृद्धितर्फ २५६ छात्र र ३७४ छात्रा गरी ६३० परीक्षार्थी रहेका छन्। यसतर्फ अंग्रेजी विषयको परीक्षामा ६ छात्र र १० छात्रा गरी १६ जना अनुपस्थित रहेकाले कुल १५७ जना सहभागी भएका छन्। अनुपस्थित हुनुको प्रमुख कारण बेरोजगारी रहेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो। उहाँका अनुसार बैतडीका धेरै युवायुवती रोजगारीको खोजीमा भारततर्फ जाने भएकाले परीक्षा फाराम भरे पनि वास्तविक परीक्षामा सहभागी हुन नसकेको अवस्था छ।

त्यसैगरी कम उमेरमै विवाह गरेर अन्यत्र बसाइँ सर्ने, पारिवारिक र सामाजिक कारणले स्थानान्तरण हुने जस्ता अवस्थाले पनि परीक्षार्थीको सहभागिता घटाएको अवस्थीले जानकारी दिनुभयो। यस्ता विभिन्न कारणले हरेक वर्ष एसइईमा अपेक्षित उपस्थिति कम देखिने गरेको उहाँले उल्लेख गर्नुभयो। प्राविधिक धारामा १०८ छात्र र ९७ छात्रा गरी २०५ परीक्षार्थी रहेका छन्। यसतर्फ एक छात्र अनुपस्थित रहेको छ। प्राविधिक धाराका विद्यार्थीका लागि पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयमा परीक्षा केन्द्र निर्धारण गरिएको छ। नियमित र ग्रेडवृद्धि धाराका परीक्षार्थीका लागि जिल्लाभर २५ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन भइरहेको छ। यस वर्ष बैतडीमा कुल ४,५५१ परीक्षार्थी सहभागी भएका छन्। अवस्थीका अनुसार जिल्लाभर एसइई परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सञ्चालन भइरहेको छ। गोरखापत्र

spot_img

ताजा समाचार

यात्रुलाई लुट्ने चार जना पक्राउ

काठमाडौं । नेपालगन्ज बसपार्कमा यात्रुहरूलाई धम्की, डरत्रास तथा हातपात गर्दै ५९ हजार रुपियाँ नगदसहित...

नासाको नयाँ मिसनः चन्द्रमातर्फ मानवताको ठुलो कदम

काठमाडौं । नासाको ‘आर्टेमिस-२’ मिसनका चार जना अन्तरिक्षयात्री शुक्रबार फ्लोरिडाको केनेडी अन्तरिक्ष केन्द्रबाट चन्द्रमातर्फ...

४० हजार घुससहित प्रहरी निरीक्षक पक्राउ

काठमाडौं । धनुषाको मिथिला नगरपालिका –१०, लालगढबाट ४० हजार रुपियाँ घुस रकमसहित सशस्त्र प्रहरी...

महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला उद्यमशीलता व्यक्तिगत आर्थिक सशक्तीकरण मात्र नभई सामाजिक रूपान्तरण र...