नेपालगन्ज नाकाबाट ५४ अर्बको कारोबार

Published on

काठमाडौं । पश्चिम नेपालका प्रमुख नाकाहरुमध्येको एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको गत आठ महिनाको अवधीमा करिब ५४ अर्बको कारोबार भएको छ ।  नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को आठ महिनामा यो नाकाबाट ५३ अर्ब ९१ करोड ६३ लाख ९९ हजारको कारोबार भएको छ । जसमा आयात ५१ अर्ब ९८ करोड ३० लाख ७४ हजार र निर्यात १ अर्ब ९३ करोड ३३ लाख २५ हजार रुपियाँको भएको जनाइएको छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले गत आर्थिक वर्षको तुलनामा चालु आवको आठ महिनामा यो नाकाबाट २ अर्ब ५८ करोड ६९ लाखभन्दा बढी अर्थात पाँच प्रतिशत कारोबार वृद्धि भएको बताउनुभयो । उहाँले गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधीमा यो नाकाबाट ४९ अर्ब ३७ करोड ५५ लाख ६६ हजार रुपियाँको आयात र एक अर्ब ९५ करोड ३८ लाख ६३ हजारको निर्यात गरेर ५१ अर्ब ३२ करोड ९४ लाख २९ हजार रुपियाँको कारोबार भएको बताउनुभयो । गत आवको तुलनामा यो नाकाबाट कारोबार वृद्धि भए पनि निर्यात भने २ करोडभन्दा बढी घटेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्मको आठ महिनामा १२ अर्ब ७५ करोड ४३ लाख ८० हजार रुपियाँ भन्सार राजश्व संकलन भएको छ भने गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधीमा १२ अर्ब ६५ करोड ९६ लाख ३८ हजार रुपियाँ राजश्व संकलन भएको थियो । चालु आवमा गत आवको आठ महिनाको राजस्व संकलन भन्दा १० करोड रुपियाँ बढी राजस्व संकलन भएको देखिएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यालयका प्रमुख पौडेलले सबैभन्दा बढी व्यापार छिमेकी देश भारतसँग भएको जनाउँदै गत आठ महिनाको अवधीमा ४८ अर्ब ७८ करोड १७ लाख २७ हजार रुपियाँको कारोबार भएको बताउनुभयो । उहाँले पाँच अर्बको कारोबार भने अन्य १९ वटा देशसँग भएको जनाउनुभयो । नेपालगन्ज भन्सार कार्यालयका अनुसार भारतबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ र खाद्यान्नको आयात हुने गरेको छ भने नेपालबाट सबैभन्दा बढी विभिन्न प्रकारका जडिबुटीको निर्यात हुने गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...