मेगा बैंकको एटिएम तोडफोड गर्ने व्यक्ति पक्राउ

Published on

काठमाडौं । पाल्पाको तानसेन नगरपालिका –३ शितलपाटीमा रहेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड पाल्पा शाखाको एटिएम तोडफोड गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । एटिएम तोडफोड गरी फरार रहेका बगनासकाली गाउँपालिका– ६ गुँगाका २४ वर्षीय विजय सुनारलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार एटिएममा भएको नगद रकम चोरी गर्ने उद्देश्यले एटिएम भित्र जडान गरिएको सिसिटिभी क्यामरा तोडफोड गरिरहेको अवस्थामा सोही बैंकका सुरक्षा गार्डले देखेपछि नियन्त्रणमा लिन खोज्दा सुनार भागेका थिए ।

फरार भएको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षक सहितको टोली खटिगई सिसिटीभी क्यामरामा कैद भएको फोटो र भिडियो हेरि सुक्ष्म अनुसन्धान तथा विश्लेषणको आधारमा निज व्यक्तिको खोजतलास गर्ने क्रममा होलाङ्दीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिनुुभयो  । गोरखापत्र

spot_img

ताजा समाचार

‘श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं । वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट)बाट...

बेमौसमी मकै खेतीमा बढ्दै छ किसानको रुचि

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिकाका किसान मकै खेतीतर्फ आकर्षित हुन थालेका छन् । बाँकेको...

आर्थिक उपार्जनका लागि कफीखेती अभियान

 काठमाडौं । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–५ घैयाँडाँडाकी देवीमाया तुम्सिङ मगर पाखोबारीमा मकै छर्ने कामसँगै...

टी–१२ क्रिकेट प्रतियोगिताको उपाधि नेपालगन्ज ८ लाई

काठमाडौं । रमवापुर स्पोर्टस क्लबको आयोजनामा जानकी गाउँपालिका वडा–३ मा सञ्चालन भएको वडास्तरीय ‘राजकुमार...