बेमौसमी मकै खेतीमा बढ्दै छ किसानको रुचि

Published on

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिकाका किसान मकै खेतीतर्फ आकर्षित हुन थालेका छन् । बाँकेको डुडुवा गाउँपालिकाका किसान बेमौसमी मकै खेतीतर्फ आकर्षित भएका हुन् । वर्षोंदेखि तरकारी खेती गर्दैआएका उनीहरूले पछिल्लो समय मकै खेती गर्न लागेका हुन् । तरकारी खेतीबाटभन्दा मकै खेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका अधिकांश किसान मकै खेतीमा आकर्षित भएका छन् । बाँकेको डुडुवा गाउँपालिकाका किसानले बेमौसमी मकैखेती गरी राम्रो आम्दानी गर्न थालेका छन् । आफ्नो पुख्र्यौली र भाडामा सय कठ्ठा जग्गा लिई जम्मा दुई सयभन्दा वढी कठठा जग्गामा मकै खेती गरेको स्थानीय किसान नेत्रराम मौर्यले बताउनुभयो । उहाँले भन्नसभयो, ‘समयमा विक्री गर्न नसक्ने हो भने तरकारी कुहिएर खेर जान्छ, तर मकै लामो समय राख्न र मूल्य बढेको बेला बिक्री गर्न सकिन्छ । कुहिने र सड़ने खतरा पनि रहँदैन । त्यसैले मकै लगाउन सुरु गरें ।’ करिव १८ कठ्ठामा मकै खेती गरिरहेका स्थानीय मुनिर लोध तरकारी खेती गर्दा आफ्नो उत्पादन, बजारीकरण तथा भण्डारणमा समस्या देखिएपछि मकै खेतीमा लागेको बताउनुभयो । मकै खेतीमा तरकारीभन्दा फाइदा धेरै हुने हुनाले मकै खेती गरिरहेको उहाँको भनाइ छ । डुडुवा –४ का ज्ञान सागर बढै पनि तरकारीभन्दा मकैमा फाइदा देखेर मकै खेतीतर्फ आकर्षित हुनुभएको छ । उहाँ पनि गत बर्षबाट मकै खेती गरिरहनुभएको छ । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख, कृषि–अर्थ निर्देशक डा. विनोद घिमिरेले मकैको बजारीकरण सुनिश्चित गरिएकाले पनि मकैतर्फ किसानहरू आकर्षित भएको बताउनुभयो । कार्यालय प्रमुख घिमिरेले बाँकेमा ४ हजार २ सय २८ हेक्टरमा मकै खेती हुने गरेको र त्यसबाट १९ हजार ५ सय ९९ मेट्रिक टन मकै उत्पादन हुने गरेको जानकारी दिनुभयो ।

छैन किसानलाई समस्या

डुडुवाको वडा नम्बर ६ लाई मकै खेतीको जोनका रूपमा चिनिन्छ । उक्त वडाका अधिकांश स्थानमा अहिले मकै खेतीका लोभलाग्दा दृष्यहरू देख्न पाइन्छ । करिब ६ सय घरधुरी स्थानीयहरू मकै खेतीमा आवद्ध छन् । यद्यपि यहाँ अँझै पनि मल, बीउ तथा सिँचाइ समस्या समाधान हुन सकेको छैन । यहाँका किसानहरु नेपालमा पाइने बीउबाट उत्पादन हुने मकैको दाना साना हुने र तौल पनि कम हुने भएकाले भारतबाट मकैको बीउ ल्याएर खेती गर्ने गरेको बताउँछन् । ‘पहिला यहाँ मकै जोन कार्यक्रम थियो, अहिले छैन’ स्थानीय सन्जित मौर्यले भन्नुभयो । व्यावसायिक कृषि पेशामा लागेका किसानलाई सरकारले अपेक्षाअनुरूप सहयोग नगरेको नेत्रराम मौर्यको गुनासो छ । ‘सरकारले प्रत्येक वर्ष कृषिमा लगानी गरेको छु भन्छ तर खोइ हामीलाई त थाहै हुन्न’ उहाँले भन्नुभयो । डुडुवा गाउँपालिका –६ हिरमिनिया बल्दीपुरुवाकै स्थानीय किसान राधेश्याम यादव भने समयमा मल, बीउ नपाउने गरेको गुनासो गर्नुहुन्छ । ‘बीउ, मलखाद समयमा पाइदैन, सबै इन्डियाबाट ल्याउनुपर्ने वाध्यता छ, सिँचाइको पनि व्यवस्था छैन, के गर्ने कसरी गर्ने ?’ उहाँले भन्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं । वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट)बाट...

आर्थिक उपार्जनका लागि कफीखेती अभियान

 काठमाडौं । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–५ घैयाँडाँडाकी देवीमाया तुम्सिङ मगर पाखोबारीमा मकै छर्ने कामसँगै...

टी–१२ क्रिकेट प्रतियोगिताको उपाधि नेपालगन्ज ८ लाई

काठमाडौं । रमवापुर स्पोर्टस क्लबको आयोजनामा जानकी गाउँपालिका वडा–३ मा सञ्चालन भएको वडास्तरीय ‘राजकुमार...

घानाको उत्तर क्षेत्रमा डुङ्गा दुर्घटनाः कम्तीमा ७ जनाको मृत्यु

काठमाडौं । घानाको उत्तरी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ...