नेपालगञ्ज टी–१२ क्रिकेट प्रतियोगिता हुँदै

Published on

काठमाडौं । नेपालगञ्जमा दुई लाख पुरस्कार राशीको रात्रीकालिन क्रिकेट प्रतियोगिता हुने भएको छ । भेरी रकर्स स्पोर्टस क्लवको आयोजनामा नेपालगन्जको बिशालनगरमा बैशाख ३ गतेदेखि रात्रीकालिन क्रिकेट प्रतियोगिता हुन थालेको हो । प्रथम हुनेलाई पहिलो संस्करणमा ५० हजार, दोस्रोमा एक लाख हुँदै तेस्रो संस्करणमा एक लाख २५ हजार रुपियाँ नगद पुरस्कार राशी राखेको क्लवले चौथो संस्करणमा भने दुई लाख पुरस्कार राशी राखेको छ ।

टेनिस बलले खेलिने प्रतियोगिता १० ओभरको हुनेछ । ३२ वटा टीमले भाग लिने प्रतियोगिताको उपविजेताले एक लाख रुपियाँ पाउने क्लवका अध्यक्ष मोहम्मद साजिद खानले जानकारी दिनुभयो । प्रतियोगितामा करिव २० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । क्लवले आयोजना गरेको यो चौथो संस्करण हो । क्लवका सचिव साहिल अन्सारीका अनुसार यस प्रतियोगितालाई सफल बनाउन नेपालगञ्ज उप–महानगरपालिका, लुम्विनी खेलकुद परिषद तथा अन्य थुपै व्यक्ति तथा संस्थाको सहयोग रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

कांग्रेस महाधिवेशनमा रवि, ओली, प्रचण्डसहित विभिन्न दलका शीर्ष नेता सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी...

कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी, विधान संशोधनको मस्यौदा तयार

  काठमाडौँ । नेपाली कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी गरिएको छ। पार्टीको...

रास्वपा केन्द्रीय समिति बैठक आज, संगठन विस्तार र स्थानीय निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। सभापति...

आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...