प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

Published on

काठमाडौं २३ साउन । नेपाली सेनाका प्रधान सेनापति (महारथी) प्रभुराम शर्माले पदोन्नती हुनु भएका आठ जना सेनानीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को साउन १९ गतेको निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी सागर बहादुर थापा र मानार्थ उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी निरज पौडेललाई प्रधान सेनापतिले सोमबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सोही अवसरमा, प्रधान सेनापति महारथी शर्माले सहायक रथी दर्जामा पदोन्नती हुनु भएका तीन जना महा सेनानीहरु र महा सेनानी दर्जामा पदोन्नती हुनु भएका पाँच जना प्रमुख सेनानीहरुलाई पदोन्नती दर्जाको दर्ज्यानी चिन्ह समेत प्रदान गर्नु भएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...