मंत्र हस्पिटलमा पहिलो पटक कानको सफल सल्यक्रिया

Published on

महेन्द्रनगर ७ असोज । कञ्चनपुरको महेन्द्रनगर स्थित मंत्र हस्पिटलमा पहिलो पटक कानको सफल सल्यक्रिया भएको छ । हस्पिटलले गड्डाचौकीका ५७ वर्षिय लाल सिंह विष्टको पहिलो पटक कानको सफल सल्यक्रिया गरेको हो ।विगत ७ वर्षदेखि विष्टलाई कान कम सुनिने र दुवै कानबाट पिप बग्ने समस्या थियो । लामो समय कानको समस्याबाट ग्रसित रहेको उनको कानको भित्रि भाग प्वाल परेको अवस्थामा मंत्र हस्पिटलमा शुक्रवार बिहान सफल सल्लेक्रिया भएको हस्पिटलले जनाएको छ । विष्टको कानको सल्लेक्रिया सँगै हस्पिटलको पनि पहिलो नाक, कान, घाँटी रोग विषेशज्ञ तर्फ पहिलो सफल सल्यक्रिया (Myringoplasty)भएको जनाएको छ ।

सफल सल्लक्रिया पश्चात विष्टको शारिरीक अवस्था भने सामान्य नै रहेको हस्पिटलका प्रबन्धक डाक्टर गोविन्द रोकायाले बताए । यसैगरी हस्पिटलले नाक, कान, घाँटी रोग विषेशज्ञ तर्फ विभिन्न नयाँ सेवा समेत थपेको छ । नक भाच्चिएको, नाक बाङ्गो भएको, नाकबाट श्वास फेर्न गाह्रो हुने, मासु पलाएको, पिप बग्ने समस्या, कान कम सुन्ने, गलगाड भएको इत्यादी रोगको पनि हस्पिटलमा उपचार गर्ने गरिएको डाक्टर रोकायाले जानकारी दिए । यस्तै अस्पताल सँगको परामर्शमा धनगढि भन्दा महेन्द्रनगरमै सस्तो शुल्कमा सल्यक्रिया गर्न पाएको समेत विष्टले जानकारी दिएका छन् । विष्टको वेहोस गरेर सल्यक्रिया गरिएको थियो । नाक, कान, घाँटी रोग विषेशज्ञ डाक्टर रचित पोखरेल र एनेस्थीसिया विषेशज्ञ डाक्टर भावना भट्टले विष्टको सल्लक्रिया गरेका थिए ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...