प्रधान सेनापति महारथी शर्माद्वारा प्रकृति संरक्षण पदक सुशोभन

Published on

काठमाडौं । विभिन्न राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु आरक्षहरूको सुरक्षा जिम्मेवारीमा खटिएका रथीवृन्द, अधिकृत, पदिकलगायत सकलदर्जालाई प्रधानसेनापति प्रभुराम शर्माले जंगी अड्‍डामा आयोजित विशेष समारोहमा प्रकृति संरक्षण पदकद्वारा सुशोभन गरेका छन्। 

प्रकृति संरक्षणमा पुर्‍याएको योगदानको कदरस्वरुप २०७५ साल जेठ १३ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम संरक्षित क्षेत्रमा रही १ वर्ष योगदान दिएका सकलदर्जालाई प्रकृति संरक्षण पदक प्रदान गरिँदै आएको छ।

हालसम्म १६ हजार १ सय ३६ जना सकलदर्जाले उक्त पदक प्राप्त गरिसकेका  छन् । यस वर्ष पनि मिति २०७९ असोज ३ गते संविधान दिवसको अवसरमा २ हजार ८ सय ८७ जना सकल दर्जालाई पदक प्रदान गर्ने घोषणा भएको थियो। जसअनुसार आज प्रधान सेनापति महारथी शर्माले जंगी अड्डामा कार्यरत रथीबृन्द १, अधिकृत १२, पदिक २ तथा अन्य दर्जा २ गरी १७ जनालाई प्रकृति संरक्षण पदकद्वारा सुशोभन गरेका हुन्। प्रतिकूल मौसम, विकट भूगोल र चोरी शिकारी जस्ता चुनौतीमाझ प्रकृति संरक्षण कार्यमा तैनाथ रहँदा हालसम्म १ सय १६ जनाले सहादत प्राप्त गरिसकेका छन्। 

आज आयोजित सुशोभन कार्यक्रममा बलाधिकृत रथी श्री सरोज प्रताप राणा, बलाध्यक्ष रथी श्री सीताराम खड्कालगायत रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति थियो।

spot_img

ताजा समाचार

पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धमा नकारात्मक असर पुर्‍याउने किसिमका गतिविधिमा संलग्न दोषीमाथि छानबिन...

हावाहुरीसहितको असिनाले किसान चिन्तित, हजारौँ बिघाको बाली नष्ट

काठमाडौं । सुनसरीमा सोमबार राति आएको हावाहुरीसहितको असिनापानीले मकै, गहुँ तथा तरकारी बालीमा ठुलो...

भुजीखोला बाढीको पाँच वर्ष : पीडित अझै आवासविहीन

काठमाडौं । पश्चिम बागलुङको भुजीखोलामा भीषण बाढी आएको पाँच वर्ष बितिसक्दा पनि पीडितले आवास...

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका...