पेरुका राष्ट्रपतिमाथि अनुसन्धान सुरु

Published on

काठमाडौं । पेरुका राष्ट्रपति डिना बोल्वार्टेमाथि सरकारविरोधी प्रदर्शनमा दमन गरेको अभियोगमा अनुसन्धान थालिएको छ । गत डिसेम्बरदेखि भएका सरकार विरोधी प्रदर्शनमा कम्तीमा ४० जना मारिएपछि राष्ट्रपतिको भूमिकालाई लिएर छानबिन थालिएको हो ।

प्रदर्शनकारी र सुरक्षाकर्मीबीच सोमबार भएको झडपमा १८ जनाको मृत्यु भएपछि मङ्गलबार हिंसात्मक प्रदर्शन दबाउन सरकारले दक्षिणी पुनो क्षेत्रमा निषेधाज्ञा ९कर्फ्यु० आदेश जारी गरेको छ । अपुरिमक, ला लिबर्टाड, पुनो, जुनिन, अरेक्विपा र अयाकुचो क्षेत्रमा सरकार विरोधी प्रदर्शनका क्रममा भएका दमनमा राष्ट्रपतिको भूमिकालाई लिएर अनुसन्धान भइरहेको सरकारी अभियोजन कार्यालयले जनाएको छ । डिसेम्बर ७ मा पूर्वराष्ट्रपति पेड्रो कास्टिलोका समर्थकहरूले बोल्वार्टेविरुद्ध आन्दोलन गर्दै आएका छन् । रासस/एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...