‘युक्रेन युद्धमा एक लाख रुसी मारिए’

Published on

काठमाडौं । युक्रेन युद्धका कारण गत डिसेम्बर यता एक लाख रुसी मारिएका अमेरिकाले जनाएको छ । ह्वाइट हाउसका अनुसार उक्त अवधिमा २० हजार रुसी सैनिकसहित एक लाख जनाले ज्यान गुमाएका हुन् 

युक्रेनी सेनाले पूर्वी क्षेत्रमा भएको रुसी आक्रमणको प्रतिकारमा रुसले अधिक क्षति व्यहोरेको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार जोन किर्बीले नियमित पत्रकार सम्मेलनमा बताएका हुन् । पूर्वी डोनेट्स्क क्षेत्रमा भीषण युद्ध भएको तथा युक्रेनी सेनाको सामना गर्दै रुसले बाख्मुट सहरलाई आफ्नो नियन्त्रणमा लिन सङ्घर्ष गरिरहेको छ । 

अमेरिकी गुप्तचर निकायबाट प्राप्त सूचनाका आधारमा सल्लाहकार किर्बीले रुसले व्यहोरेको उक्त क्षतिको जानकारी दिएका भए पनि हताहतीको उक्त विवरणको आधारबारे स्पष्ट गरेका छैनन् । गत नोभेम्बरमा अमेरिकी सेनाका एक जना वरिष्ठ अधिकारीले रुसमा एक लाखभन्दा बढीले ज्यान गुमाएका वा घाइते भएका बताएका थिए । रुसले व्यहोरेको पछिल्लो क्षतिबाट मस्को दबाबमा परेको देखिएको छ । सल्लाहकार किर्बीका अनुसार मारिएकामध्ये करिब आधा भाडाका सैनिक वाग्नर समूहका हुन् । उनीहरूलाई युद्धमा सहभागी हुन कारागारबाट मुक्त गरिएको थियो । उनीहरू बिना प्रशिक्षण युद्ध मैदानमा पुगेका थिए । 

केही विश्लेषकहरूले बाख्मुटलाई नियन्त्रणमा लिनु रुसका निम्ति महत्त्वपूर्ण छ किनकि डोनेट्स्क क्षेत्रको क्रामाटोस्र्क र स्लोभियान्स्कका ठूला सहरमा अगाडि बढ्ने प्रयासमा रुसलाई सहज हुनसक्छ । –रासस

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...