युक्रेन युद्ध : रुसी आक्रमणमा तीन युक्रेनी मारिए

Published on

काठमाडौं । पश्चिमी युक्रेनी शहर भिल्भमा रहेको एउटा अपार्टमेन्टमा रुसी रकेट प्रहार हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको नगरका प्रमुखले बताएका छन् ।

नगरप्रमुख एन्ड्री सडोवीका अनुसार रुसी आक्रमणमा परी आठ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । भवनको भग्नावशेषमा  धेरै मानिस फसेको आशङ्का गरिएको छ ।

रुसी आक्रमणबाट एउटा चारतले भवनमा धेरै क्षति भएको छ भने अन्य ५० वटा आवासीय भवनमा क्षति भएको छ । करिब ५० वटा गाडीमा पनि क्षति भएको छ । केही समय अघि दुई जनालाई भग्नावशेषबाट निकालिएको छ । उद्धार टोलीले भग्नावशेषमा खोजी जारी राखेको छ ।

क्षेत्रीय प्रमुख म्याक्सिम कोजित्स्कीले पानी आपूर्तिलगायत शहरमा महत्त्वपूर्ण पूर्वाधार सुविधामा पनि प्रहार भएको छ । यद्यपि उनले कुन–कुन पूर्वाधारमा क्षति भयो भन्ने बारेमा विस्तृत विवरण दिएका छैनन् । उक्त आक्रमणबारे रुसीे सेनाले कुनै प्रतिक्रिया दिएको छैन । रासस/एएफपी

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...