संसद् अवरोध खुलाउन शीर्ष नेताको बैठक जारी

Published on

काठमाडौं । संसद् अवरोध खुलाउन सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । सभामुख घिमिरेले संसद्को अवरोध हटाउनेबारे छलफल गर्न शीर्ष नेताको बैठक बोलाउनुभएको हो ।

आज (सोमबार) सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का निजी सचिवालयका अनुसार सदनको कारबाही सुरु हुनुभन्दा अघि शीर्ष नेताको बैठक सुरु भएको हो ।

सभामुखले बोलाउनुभएको शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस मुख्य सचेतक रमेश लेखक, माओवादी मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका सांसद तथा कार्यव्यवस्था समिति सदस्य रामहरि खतिवडा सहभागी हुनुहुन्छ ।

साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दल एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै अवरोध गरेको थियो । त्यसपछिका दुई वटा बैठक बोलाइए पनि सूचना टाँसेर स्थगित भएको थियो ।

spot_img

ताजा समाचार

भीरबाट लडेर बझाङका वडाध्यक्ष टंकप्रसाद जोशीको मृत्यु

बझाङ - बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको भीरबाट लडेर मृत्यु भएको छ। ५०...

बंगालको खाडीमा चक्रवात विकसित हुँदै, नेपालमा ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

काठमाडौँ - बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने र त्यसको प्रभाव नेपालमा...

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले दक्षिण अफ्रिकाका...

आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ । बडादसैँअन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण...