सेयर बजारमा सामान्य अंकको वृद्धि, कारोबार रकम घट्यो

Published on

काठमाडौं। मंगलबार दोहोरो अंकले ओरालो लागेको सेयर बजार आज सामान्य अंकले उकालो लागेको छ। तेस्रो कारोबार दिन मंगलबार ३० अंकले घटेको नेप्से परिसूचक आज ५.९१ प्रतिशतले बढेको हो। नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएपनि कारोबार रकम भने मंगलबारको तुलनामा घटेको छ। यसदिन ३०२ कम्पनीको १ करोड २३ लाख ३ हजार २७ कित्ता सेयर ४ अर्ब २५ करोड ७ लाख २२ हजार ८९५ रुपैयाँमा खरिदबिक्री भए।

अघिल्लो दिन ४ अर्ब ६६ करोड मूल्य बढिको सेयर कारोबार भएको थियो। नेप्से परिसूचक सामान्य अंकले बढेपनि आज चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नेपाल फाइनान्स,बोटलर्स नेपाल,पाँचथर पावर र समाज लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यसदिन पिपुल्स पावरका लागनीकर्ताले भने गुमाए। सो कम्पनीको मूल्य ५.८१ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको १७ करोड १७ लाख मूल्य बराबरको सेयर कारोबार भयो। गुराँस फाइनान्सको १२ करोड,प्राइम कमर्सियल बैंक प्रमोटरको ११ करोड,जोशी हाइड्रोपावर र नेपाल फाइनान्सको १०/१० करोड मूल्यको सेयर कारोबार भयो। १३ उपसमूहमध्ये ७ वटाको सूचक बढ्दा ६ उपसमूहको सूचक नकारात्मक देखिए। कारोबारमा आएका १३१ कम्पनीको मूल्य बढ्दा ११२ वटाको घट्यो भने ४ को मूल्य स्थिर रह्यो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...