भुइँमा पछारेर आठ महिनाको नाबालकको हत्या

Published on

काठमाडौं । झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा आठ महिनाको बालकको हत्या भएको छ । नाबालकलाई भुइँमा पछारेर हत्या गरेको अभियोगमा एक जनालाई प्रहरी पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार सोमबार साँझ दमक नगरपालिका वडा नं. ३ स्थित बेलडाँगी भुटानी शिविर सेक्टर बी, ४ हट नं. ४३२ मा घटना भएको हो ।

२५ वर्षीया सुस्मिता बिश्वा बरालको छोरा आठ महिनाको एरित ओलीलाई सोही घरका पञ्चवीर घिसिङले पछारेको प्रारम्भिक बयानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पछारेपछि गम्भीर घाइते अवस्थामा बालकलाई उपचारका लागि दमक अस्पताल ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि दमकस्थित किओच बाल अस्पतालमा पुर्याउनसाथ नाबालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताउनुभयो ।

घिसिङको घरमा विश्वा नाबालक बच्चासहित चार महिनादेखि बस्दै आएको पाइएको प्रहरीको भनाइ छ । घटनाको भएको समयमा घिसिङले मादक पदार्थ सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ । विश्वा आफ्नो श्रीमानिँग मनमुटाव भएपछि घिसिङकोमा बस्दै आएको स्थानीयहरुले बताएका छन् । घटनामा संलग्नता रहेको आशङ्कामा नाबालककी आमा विश्वालाई समेत सोधपुछका लागि नियन्त्रणमा लिइएको र घटना भएको समयमा घटनास्थलमा नरहेको पाइएपछि छाडिएको प्रहरीले जानकारी दिएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...