भुइँमा पछारेर आठ महिनाको नाबालकको हत्या

Published on

काठमाडौं । झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा आठ महिनाको बालकको हत्या भएको छ । नाबालकलाई भुइँमा पछारेर हत्या गरेको अभियोगमा एक जनालाई प्रहरी पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार सोमबार साँझ दमक नगरपालिका वडा नं. ३ स्थित बेलडाँगी भुटानी शिविर सेक्टर बी, ४ हट नं. ४३२ मा घटना भएको हो ।

२५ वर्षीया सुस्मिता बिश्वा बरालको छोरा आठ महिनाको एरित ओलीलाई सोही घरका पञ्चवीर घिसिङले पछारेको प्रारम्भिक बयानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पछारेपछि गम्भीर घाइते अवस्थामा बालकलाई उपचारका लागि दमक अस्पताल ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि दमकस्थित किओच बाल अस्पतालमा पुर्याउनसाथ नाबालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताउनुभयो ।

घिसिङको घरमा विश्वा नाबालक बच्चासहित चार महिनादेखि बस्दै आएको पाइएको प्रहरीको भनाइ छ । घटनाको भएको समयमा घिसिङले मादक पदार्थ सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ । विश्वा आफ्नो श्रीमानिँग मनमुटाव भएपछि घिसिङकोमा बस्दै आएको स्थानीयहरुले बताएका छन् । घटनामा संलग्नता रहेको आशङ्कामा नाबालककी आमा विश्वालाई समेत सोधपुछका लागि नियन्त्रणमा लिइएको र घटना भएको समयमा घटनास्थलमा नरहेको पाइएपछि छाडिएको प्रहरीले जानकारी दिएको छ ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...