विद्यार्थीकाे हेल्थ प्राेफाइल बनाउँदै परशुराम नगरपालिका

Published on

काठमाडौं । डडेल्धुरा जिल्ला स्थित परशुराम नगरपालिकाले नगरका सबै विद्यार्थीकाे हेल्थ प्रोफाइल बनाउने भएकाे छ । स्वास्थ्यकर्मीकाे टिमले प्रत्येक विद्यार्थीकाे स्वास्थ जाँच गरि विद्यार्थीकाे अनलाइन रिपोर्ट कार्ड तयार गर्ने गरि हेल्थ प्राेफाइल बनाउन लागिएको हाे । नगर प्रमुख भरत बडाएर जाेशीका अनुसार परशुराम नगरपालिकाले विद्यार्थी हेल्थ प्रोफाइल कार्यक्रमको शुरुवात सिद्धनाथ मा. वि. जयपुर जोगबुडा बाट सुरु गरेकाे छ ।
“अहिले नगरकाे जाेगबुडाकाे सिद्धनाथ विद्यालय क्षेत्रबाट हेल्थ प्राेफाइल निर्माणकाे काम हामीले सुरु गरेका छाैँ ।” नगर प्रमुख जाेशीले भने, हेल्थ प्राेफाइल निर्माणकाे काम यसैगरी नगर भरि नै सञ्चालन गर्ने याेजना रहेकाे छ ।”
बिद्यार्थी हेल्थ प्रोफाइल कार्यक्रम अन्तर्गत प्रत्येक विद्यार्थीकाे आँखा, कान, दाँत, उचाई तथा तौल, व्यक्तिगत सरसफाई, पोषणको अवस्था, एन्थ्रोपोमेट्रि, क्लिनिकल हिस्ट्री लगायतका अन्य आवश्यक जाँच जस्ता काम गरिने समेत नगर प्रमुख जाेशीले बताए ।

नगरभरिका विद्यार्थीलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ एवम् बलियो बनाउने हेल्थ प्राेफाइलकाे उदेश्य रहेकाे परशुराम नगरपालिकाले जनाएको छ ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...