दुई महिनादेखि बन्द कुलेखानी–फाखेल सडकखण्ड बुधबारदेखि खुल्ने

Published on

काठमाडौं । मकवानपुर हुँदै काठमाडौं जोड्ने कुलेखानी–फाखेल–हुमाने–फर्पिङ्ग सडक खण्ड बुधबारबाट सुचारु हुने भएको छ ।

कुलेखानी–फाखेल–हुमाने–फर्पिङ्ग सडकखण्डको मकवानपुर र काठमाडौं दुवैतर्फ स्तरोन्नतिको कार्य हुँदै आएको छ । उक्त सडकखण्डको मकवानपुरतर्फ कुलेखानी–फाखेल–हुमानेभञ्ज्याङ सडकसडक मर्मत, निर्माण तथा स्तरोन्नतिको क्रममा गत पुस १६ गतेदेखि दुई महिनाका लागि बन्द गरिएको गरिएको थियो । बन्द सडकखण्ड बुधबारबाट सुचारु गर्न लागेको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका कार्यालयले जनाएको छ । गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले सडक मर्मत, निर्माण तथा स्तरोन्नतिको कार्य निरन्तर चलिरहेको बताउनुहुँदै कार्यलाई प्रभावकारी ढङ्गबाट सम्पन्न गर्न पुस १६ गतेदेखि दुई महिनाका लागि अर्थात् आजसम्मका लागि सो सडकबाट चल्ने सम्पूर्ण सवारी साधनहरू पूर्णरुपमा आवतजावत बन्द गरिएकोमा भोलिबाट सुचारु गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

उहाँले उक्त सडकमा आवतजावत गर्ने यात्रुहरुको समस्या एवम् होटेल व्यावसायी र सडकलाई लक्षित गरी सञ्चालित अन्य व्यावसायीहरुको असुविधालाई दृष्टिगत गरी कुलेखानी फाखेल हुमानेखण्ड सुचारु गरिएको बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...