स्वास्थ्य सेवा दिवसको अवसरमा पाँच जना स्वास्थ्यकर्मी पुरस्कृत

Published on

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा दिवसको अवसरमा पाँच जना स्वास्थ्यकर्मी पुरस्कृत गरेको छ ।

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा पुरस्कारबाट पुरस्कृत गर्नुभएको हो । मन्त्री बस्नेतले उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार दार्चुलाका सिनियर अनमी बबिता विष्ट प्रदान गर्नुभएको छ । अनमी विष्टले एक लाख रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ । त्यसैगरी, सुर्खेत अस्पतालका प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा।केशर वहादुर ढकाल, कालिकोटका सिअहेव, दीर्घ बहादुर नेपाली, बाराकी सिअनमी किरण कुमारी र फार्मेसी निरीक्षक सुश्मा थपलियालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । उहाँहरुले ५० हजार रुपिया पुरस्कार प्राप्त गर्नुभएको छ ।

मन्त्रालयले हरेक वर्ष स्वास्थ्य सेवा दिवस मनाउर्दै आएको छ । यस वर्षपनि दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा निरोगी नेपाल निर्माणमा हाम्रो टेवा भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी स्वास्थ्य सेवा दिवस मनाएको छ ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...