नगर प्रहरी मृत्यु प्रकरणमा एक पक्राउ

Published on

काठमाडौं । दार्चुलाको महाकाली नगरपालिकामा कार्यरत महिला नगर प्रहरी मृत्यु प्रकरण अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको छ ।

महाकाली नगरपालिका–४ खलङ्गामा डेरा गरी बस्ने महाकालीका वडा ८ कि २२ वर्षीया रविना पल्याल गत आइतबार कोठामा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको थियो । पल्याल मृत्यु प्रकरणको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय दार्चुलाले महाकाली नगरपालिका–८ कै रोशनसिंह धामीलाई पक्राउ गरेको छ ।

मृतक युवतीको परिवारले २९ वर्षीय रोशन धामीको नाममा किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले जानकारी दिनुभयो । पक्राउ परेका युवक मृतक महिला नगर प्रहरीसँग नजिक रहेको र फोनमा कुराकानी हुनेगरेको भन्दै परिवारजनले प्रहरीमा किटानी जाहेरी दिएपछि उहाँलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । परिवारले दिएको जाहेरी सही भएमा पक्राउ परेका धामीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने बताइएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...