नेपालले दियो नामिबियालाई १८१ रनको लक्ष्य

Published on

काठमाडौं । नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको तेस्रो खेलमा नेपालले नामिबियालाई जितका लागि एक सय ८१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८० रन बनायो । नेपालका लागि कुशल मल्लले अर्धसतकीय इनिङ्स खेल्नुभयो । ५५ रन जोड्नुभएको उहाँले ३७ बलमा एक चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै आरिफ शेखले ३१, गलशन झाले २६, ओपनर अनिल शाहले २३, दीपेन्दसिंह ऐरीले १६, कप्तान रोहित पौडेलले १० र करण केसीले सात रन बनाउनुभयो । बलिङमा नामिबियाका बेन सिकोन्गोले तीन तिन विकेट लिनुभयो । ज्याक ब्रसेलले दुई तथा जान निकोल, ब्रान्ड स्कल्ज र रुवेन ट्रम्पलम्यानले एक एक विकेट झार्नुभयो ।

अघिल्ला दुई खेलमा लगातार हार खेपेको नेपाललाई फाइन खेल्न नामिबियासँग आजको खेल जित्नै पर्ने दबाब छ । नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो । यस्तै लगातार दुई खेल जितेको नेदरल्यान्ड्सले चार अङ्क बनाएको छ । नामिबियाको दुई खेलबाट दुई नै अङ्क बनाएको छ । नामिबिया नेदरल्यान्ड्ससँग ५९ रनले पराजित भएको थियो । दुई खेलमा पराजित नेपाल अङ्कविहीन छ । यदि आज नामिबियासँग पराजित भएका नेपाल फाइनल खेल्ने दौडबाट बाहिरिनेछ । नेपाललाई हराएमा नामिबिया फाइनल पुग्नेछ । नेपालले यस सिरिजको अन्तिम तथा चौथो खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...