गण्डकी सरकारबाट माओवादीका मन्त्री बर्खास्त

Published on

काठमाडौं । गण्डकी प्रदेश सरकारमा रहेका नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीलाई बर्खास्त गरिएको छ । सोमबार सङ्घमा सत्ता गठबन्धन परिवर्तन भएपछि प्रदेशमा मङ्गलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मङ्गलबार बिहान मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुम्जालीलाई हटाएर ती मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पाण्डेले आफैँले राख्नुभएको छ । अब गण्डकीको मन्त्रिमण्डल पाँच सदस्यीय भएको छ । पाँचै मन्त्री नेपाली काङ्ग्रेसका हुनुहुन्छ । माओवादी केन्द्रले भने अब चाडै सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएको छ । माओवादी केन्द्र सङ्घबाट हुने प्रदेशको बाँडफाँड र पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन पखिइरहेको छ । गण्डकी प्रदेशसभामा माओवादी केन्द्रकी प्रमुख सचेतक कुसुम बुढाले मङ्गलबारै पार्टी संसदीय दलको बैठक बस्ने जानकारी दिनुभयो । “मुख्यमन्त्रीज्यूले गर्न मिल्ने गरिसक्नुभयो, आज हामी संसदीय दलको बैठक बसेर हाम्रो निर्णय लिन्छौँ,’ उहाँले भन्नुभयो ।

गण्डकी प्रदेशमा सरकार परिवर्तन परिवर्तनको छलफल पनि सँगसँगै सुरु भएको छ । सरकार बनाउन गण्डकी प्रदेशमा नयाँ गठबन्धनलाई सहज छैन । ६० सदस्यीय प्रदेशसभामा नेकपा (एमाले)को २२ र नेकपा (माओवादी केन्द्र) का आठ गरी ३० सांसद छन् । सरकार बनाउन बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ । सभामुखमा माओवादी केन्द्रबाट निर्वाचित कृष्ण धिताल हुनुहुन्छ । सभामुखले मत बराबरी भएमा मात्र मतदाता गर्न पाउने कानुनी व्यवस्था छ । यसो हुँदा गण्डकीमा साना दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एकीकृत समाजवादी) निर्णायक हुने अवस्था छ । गण्डकीमा राप्रपाका दुई र एकीकृत समाजवादीका एक सांसद हुनुहुन्छ । प्रदेश सभामा नेपाली काङ्ग्रेसका २७ सांसद छ । सत्ता गठबन्धनले बहुमत जुटाउन नसके नेपाली कांग्रेसले ठुलो दलको हैसियतमा सरकार गठन गर्ने अवस्था आउन सक्छ । यसरी बनेको कांग्रेस सरकारलाई पनि राप्रपा र एकीकृत समाजवादी दुवै साथ जरुरी हुन्छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...