कर्णालीमा कांग्रेसका तीन मन्त्रीद्वारा राजीनामा

Published on

काठमाडौं । कर्णाली प्रदेशका तीन मन्त्रीले राजीनामा दिनुभएको छ । मङ्गलबार कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन मन्त्रीले राजीनामा दिनुभएको हो ।

कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह, सामाजिक विकास मन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसी संयुक्त रूपमा राजीनामा दिनुभएको हो । उहाँले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा पत्र पेस गर्नुभएको हो । उहाँहरू गत वैशाखमा मात्रै मन्त्री बन्नुभएको थियो । उहाँहरूले पत्रकार सम्मेलन गरी आफ्नो कार्यप्रगति समेत सार्वजनिक गर्नुभएको छ । सुशासन प्रवर्द्धन गर्नका लागि नयाँ कार्यक्रमको थालनी गरिएको र बजेट खर्च सुधारमा नीतिगत कुरा समावेश गरिएको अर्थमन्त्री वेदराज सिंहले जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...