मानपुर-डेढगाउँ-बुलिङटार सडक कालोपत्र

Published on

काठमाडौं । ट्रयाक खुलेको २९ वर्षपछि यहाँको सडक कालोपत्र सुरु गरिएको छ । गण्डकी प्रदेशको गौरव आयोजनाको रुपमा रहेको मानपुर–डेढगाउँ–बुलिङटार सडक कालोपत्र गरिएको हो ।

मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दुरीको उक्त सडकअन्तर्गत पहिलो चरणमा तनहुँको घिरिङ गाउँपालिको मानपुरबाट खण्डमा कालोपत्र थालिएको पूर्वाधार विकास कार्यालय तनहुँको सूचना अधिकारी ईन्जिनियर धनमाया मिश्रले बताउनुभयो । मिश्रका अनुसार घिरिङ गाउँपालिका–४ मानपुरबाट सुरु भएर डेढगाउँको सिमानासम्मको ११ किलोमिटर खण्डमा सडक अस्फाल्ट प्रविधिको कालोपत्र हुनेछ । विसं २०५१ मा ट्रयाक खुलेको उक्त मार्गमा कालोपत्र गर्न लागिएको हो । उक्त खण्ड स्तरोन्नतिका लागि विसं २०७७ मङ्सिर ५ गतेदेखि काम सुरु भएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् रु।२२ करोड ८५ लाख ४१ हजार सातसय ९३ को लागतमा कालोपत्र सुरु गरिएको कार्यालयले जनाएको छ । रु।३५ करोड १४ लाख ७४ हजार एकसय नौ रूपियाँ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले रु।१२ करोड २९ लाख ३२ हजार तीनसय १६ रूपियाँमा कालोपत्रको ठेक्का पाएको थियो ।

यस्तै, उक्त सडकको चौडाई सात मिटर हुनेछ । सडकमा पाँच मिटरको कालोपत्र र एक मिटरको नाला निर्माण गरिनेछ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...