खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

Published on

काठमाडौं । स्याङ्जाको वालिङमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । वालिङ भलिबल क्लबको चौथो वार्षिकोत्सवको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता गरिएको हो ।

प्रतियोगितामा राष्ट्रिय स्तरमा खेल प्रदर्शन गरिसकेका खेलाडीसहित नौ टिमहरु सहभागी छन् भने ३५ वर्ष उमेर समूह पार गरेका भेट्रान्स समूहतर्फ आठ टिम सहभागी रहेका क्लवका अध्यक्ष दीपेन्द्र खाँणले जानकारी दिनुभयो । खेल लिगकम नकआउट विधिबाट सञ्चालन हुने अध्यक्ष खाँणले बताउनु भयो । प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख ५० हजारसहित शिल्ड प्राप्त गर्नेछ । द्वितीय हुने टिमले नगद एक लाखसहित शिल्ड प्राप्त गर्दा तृतीय हुने टिमले नगद ५० हजार र शिल्ड एवम् सान्त्वना हुने टिमले नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका कोषाध्यक्ष कृष्ण शर्माले जानकारी दिनुभयो । यस्तैगरी, विभिन्न सात विधामा पनि खेलाडीहरुलाई पुरस्कृत गरिने शर्माले बताउनु भयो ।

भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै वालिङ नगर प्रमुख कृष्ण खाँणले आगामी तीन वर्षमा खेल क्षेत्रको विकासमा महसुस हुने गरी नीति नियम तथा बजेटको व्यवस्था गर्ने बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...