शेर्पा समुदायका संस्थाद्वारा सरकारको ध्यानाकर्षण

Published on

काठमाडौं । ताप्लेजुङमा शेर्पा समुदायका संस्थाहरूले नेपाल पञ्चाङ्ग निर्णायक समितिले तयार परेको पात्रोमा चाडपर्वको तिथि मितिमा गडबड भएकोभन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शेर्पा जातीय संस्थाहरूले आइतबार प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलमार्फत ध्यानाकर्षण पत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गरेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार गरेको पात्रोमा शेर्पा समुदायको मौलिक चाड ग्याल्पो ल्होसारको मिति गडबड गरिएको संस्थाहरूले उल्लेख गरेका छन् । ग्याल्पो ल्होसार गत माग २७ गते नै भएको, तर पात्रोअनुसार फागुन २८ गतेका दिन ल्होसारको बिदा दिएर गडबड गरिएको ज्ञापन पत्रमा उल्लेख छ । ध्यानाकर्षण पत्रमा शेर्पाहरूको महान् चाड २१५१ औँ ग्याल्पो ल्होसार गत माघ २७ गतेका दिनमा नै परेको भए पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार पारेको पात्रोलाई आधार मानेर नेपाल सकारले फागुन २८ गते ग्याल्पो ल्होसार भनेर सार्वजनिक बिदा उल्लेख गरी बौद्ध मार्गीहरूको चाडपर्वको तिथि नै भ्रममा पारिएको उल्लेख गरिएको छ । जनाइएको छ ।

महायानी बौद्ध मार्गीहरूको सम्पूर्ण चाडपर्व भोट चन्द्र पात्रो ९दाथो० मा आधारमा हुने भएकाले आगामी दिनमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सोही पात्रोमा रहको तिथि, मितिअनुसार सार्वजनिक बिदा दिने व्यवस्था गर्न पनि माग गरेका छन् । समितिले वार्षिक रूपमा पात्रो तयार गर्दा बौद्ध मार्गीहरूको छाता सङ्गठन नेपाल बौद्ध महासङ्घको प्रतिनिधिलाई सहभागी गराई निर्णय गर्न संस्थाहरूले अनुरोध गरेका छन् । ज्ञापन पत्र बुझाउनेमा नेपाल शेर्पा, शेर्पा सञ्चार समूह, हिमालयन शेर्पा सांस्कृतिक केन्द्र र नेपाल शेर्पा विद्यार्थी सङ्घ रहेका छन् । शेर्पाजन्य चार वटै संस्थाले संयुक्त रूपमा ज्ञापन पत्र बुझाएको नेपाल सेर्पा सङ्घका जिल्ला सचिव फुर्वा शेर्पाले जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...