शेर्पा समुदायका संस्थाद्वारा सरकारको ध्यानाकर्षण

Published on

काठमाडौं । ताप्लेजुङमा शेर्पा समुदायका संस्थाहरूले नेपाल पञ्चाङ्ग निर्णायक समितिले तयार परेको पात्रोमा चाडपर्वको तिथि मितिमा गडबड भएकोभन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शेर्पा जातीय संस्थाहरूले आइतबार प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलमार्फत ध्यानाकर्षण पत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गरेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार गरेको पात्रोमा शेर्पा समुदायको मौलिक चाड ग्याल्पो ल्होसारको मिति गडबड गरिएको संस्थाहरूले उल्लेख गरेका छन् । ग्याल्पो ल्होसार गत माग २७ गते नै भएको, तर पात्रोअनुसार फागुन २८ गतेका दिन ल्होसारको बिदा दिएर गडबड गरिएको ज्ञापन पत्रमा उल्लेख छ । ध्यानाकर्षण पत्रमा शेर्पाहरूको महान् चाड २१५१ औँ ग्याल्पो ल्होसार गत माघ २७ गतेका दिनमा नै परेको भए पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार पारेको पात्रोलाई आधार मानेर नेपाल सकारले फागुन २८ गते ग्याल्पो ल्होसार भनेर सार्वजनिक बिदा उल्लेख गरी बौद्ध मार्गीहरूको चाडपर्वको तिथि नै भ्रममा पारिएको उल्लेख गरिएको छ । जनाइएको छ ।

महायानी बौद्ध मार्गीहरूको सम्पूर्ण चाडपर्व भोट चन्द्र पात्रो ९दाथो० मा आधारमा हुने भएकाले आगामी दिनमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सोही पात्रोमा रहको तिथि, मितिअनुसार सार्वजनिक बिदा दिने व्यवस्था गर्न पनि माग गरेका छन् । समितिले वार्षिक रूपमा पात्रो तयार गर्दा बौद्ध मार्गीहरूको छाता सङ्गठन नेपाल बौद्ध महासङ्घको प्रतिनिधिलाई सहभागी गराई निर्णय गर्न संस्थाहरूले अनुरोध गरेका छन् । ज्ञापन पत्र बुझाउनेमा नेपाल शेर्पा, शेर्पा सञ्चार समूह, हिमालयन शेर्पा सांस्कृतिक केन्द्र र नेपाल शेर्पा विद्यार्थी सङ्घ रहेका छन् । शेर्पाजन्य चार वटै संस्थाले संयुक्त रूपमा ज्ञापन पत्र बुझाएको नेपाल सेर्पा सङ्घका जिल्ला सचिव फुर्वा शेर्पाले जानकारी दिनुभयो ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...