च्याउ खेतीबाट मनग्य आम्दानी

Published on

काठमाडौं । रुकुम पश्चिम बाँफिकोटका सिजाराम बाठामगरको मुख्य पेसा च्याउ खेती हो । उहाँले विगत आठ वर्षदेखि घोराही–१७ गैरागाउँमा च्याउखेती गर्दै आउनुभएको छ । च्याउ खेतीबाट मनग्य आम्दानी हुन थालेपछि उहाँले लगानी बढाउँदै लैजानुभएको छ ।

अहिले उहाँले वार्षिकरुपमा रु १५ लाख बराबरको च्याउको कारोबार गर्दै आउनुभएको छ । यसबाट रु तीन लाखसम्म बचत हुने गरेको उहाँको भनाइ छ । “२०७२ सालबाट च्याउ खेती सुरु गरेको थिए । अहिले आठ वर्ष भयो । म निरन्तर रुपमा च्याउ उत्पादन गर्दै आएको छु”, उहाँले भन्नुभयो, “यो अवधिमा राम्रो आम्दानी भएको छ ।” पहिले च्याउको बजार कम भए पनि पछिल्लो समय बढ्दै जाँदा च्याउ खेतीमा लाग्ने व्यवसायीसमेत थपिँदै गएको बताउनुभयो । ३९ वर्षीय बाठामगरले देश बाहिर समेत गएर च्याउ खेतीको बारेमा अवलोकन र अध्ययन गरेर आउनुभएको छ । उहाँको च्याउ फार्ममा स्थानीय १२ कामदारले समेत रोजगार पाएका छन् । दैनिक करिब ४०÷५० केजी बराबरको च्याउ उत्पादन गर्दै आएको बताउने बाठामगरले उत्पादन भएको च्याउ जिल्लाको घोराही, तुलसीपुरसँगै जिल्ला बाहिर प्युठान, बुटवल, कोहलपुर, सुर्खेतलगायतका ठाउँमा समेत पठाउने गरेको बताउनुभयो । उहाँले खुद्रामा रु २०० केजीका दरले बिक्री गर्दै आउनुभएको छ । सुगर, प्रेसरलगायतका बिरामीले समेत खान मिल्ने र मासु नखानेले समेत च्याउ खान मिल्ने भएका कारण पछिल्लो समय जिल्लामा च्याउको माग बढ्दै गएको उहाँको भनाइ छ ।

“पहिले धेरैलाई च्याउ खान हुँदैन भन्ने थियो । तर अहिले त्यो अवस्था हटेको छ”, उहाँले भन्नुभयोे, “अहिले च्याउ खानुपर्छ भन्ने चेतनाको विकास भएको छ । जसले गर्दा खपत बढेको छ ।” बाठामगरले दुई बिघा जग्गा भाडामा लिएर विगत लामो समयदेखि व्यवसाय गर्दै आएको बताउनुहुन्छ । उहाँका अनुसार च्याउ भदौ महिनादेखि चैतसम्म राम्रो आम्दानी लिन सकिने बताउनुभयो । उहाँले अहिले कन्य, पाते जातको च्याउ उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । मेहनत गर्न सकियो भने आम्दानी पनि सोचेअनुसारको प्राप्त गर्दै जाने उहाँको अनुभव रहेको छ । आगामी दिनमा च्याउ खेती गरेका किसानलाई बजारीकरणमा सहयोग पु¥याउनका लागि सरकारीस्तरबाट पनि च्याउको महत्व र यसले स्वास्थ्यलाई दिने फाइदालगायतका बारेरमा आम नागरिकलाई जानकारी गराउन आवश्यक रहेको बताउनुभयो । आफ्नै देशमा कुषि व्यवसायमार्फत स्वरोजगार बन्नका लागि अनुदानसँगै बजारको ग्यारेन्टी गरिदिन स्थानीय सरकारलाई उहाँले आग्रह गर्नुहुन्छ । अनुदान प्राप्त गर्ने वास्तविक किसानभन्दा पनि यहाँ विचौलियाको बढी हाबी हुने हुँदा कृषक सधैँ मारमा पर्ने गरेको उहाँको अनुभव रहेको छ । आफ्नो च्याउ खेतीबाट राम्रो आम्दानीसँगै स्थानीय धेरै नागरिकले रोजगार पाउन सफल भएको हुँदा भोलिका दिनमा व्यवसायलाई बढाउँदै लैजाने किसान बाढामगरको भनाइ रहेको छ । रासस

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...