नाम्खा गाउँपालिकामा रुबेला दादुरा विरुद्धको खोप लगाउन सुरु

Published on

काठमाडौं । जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकामा दादुरा रुवेला विरुद्धको खोप बिहीबारबाट सुरु भएको छ । जिल्लामा अन्य गाउँपालिकामा फागुन २५ गतेबाट सुरु भएपनि हिमपातले आउजाउ गर्ने अधिकांश खोप केन्द्रको बाटो बन्द भएको कारण खोप कार्यक्रम पछि सारिएको थियो ।

नाम्खा गाउँपालिकामा चैत्र १ गते बिहीबार सुरु भएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ग्याछो लामाले बताउनुभयो । हिमपातले बाटो अवरुद्ध भएपछि स्वास्थ्यकर्मी भ्याक्सिन लिएर जान नसक्ने भएको कारण खोप कार्यक्रम पछि सारिएको हो । उहाँले १४ वटा खोप केन्द्रमा जाने बाटो खुलेपछि दादुरा रुवेला विरुद्धको खोप कार्यक्रम सुरु भएको बताउनुभयो । शाखाले भ्याक्सिन बुझेको भएपनि स्वास्थ्यकर्मी खोप केन्द्रसम्म जान हिउँ जमेको बाटोले अवरोध गरेपछि खोप कार्यक्रम सुरु नभएको हो । नाम्खा गाउँपालिकामा १६८ जना खोप लगाउने बालबालिका छन् ।

‍लिमीमा वैशाखअघि खोप कार्यक्रम नहुने

गाउँपालिकाका अन्य खोप केन्द्रमा दादुरा रुवेला विरुद्धको खोप सुरु भएपनि लिमीमा भने सुरु हुन सकेको छैन । हाल लिमीको हल्जी गाउँमा रहनुभएका लिमी स्वास्थ्य चौकीका इन्चार्ज गोर्ख भण्डारीले पहिलो पटक आफू लिमी मै बसेर सेवा प्रदान गरी रहेको भएपछि यस पटक दादुरा रुबेला विरुद्धको खोप लगाउन नसकिएको बताउनुभयो । उहाँले लिमी आउने दुवै नाका चार हजार छ सय मिटर अग्लो नाना र पाँच हजार मिटर अग्लो न्यालु नाका हिमपातले बन्द भएको कारण भ्याक्सिन ढुवानी गर्न नसकिएको कारण खोप कार्यक्रम सञ्चालन गर्न नसकिएको बताउनुभयो । यो खोप मात्र नभएर बालबालिकाले नियमित रूपमा लगाउने अन्य खोप पनि लगाउन नसकिएको हो । लिमीका तीन तील, हल्जी र जाङ गाउँमा तेह्र जना यो खोप लगाउने बालबालिका छन् । यो समस्या अगाडी नै जानकारी भएपनि लिमीका लागि भ्याक्सिन ढुवानीका लागि हेलिकोप्टरको व्यवस्थाका लागि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतलाई पत्राचार गरिएको भएपनि त्यो व्यवस्था हुन सकेन। अब बाटो खुले पछि मात्र लिमीका बालबालिकालाई खोप लगाउने कार्य हुने छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...