वाटरपार्कमा मोटरबोट सुरु

Published on

पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न खोजिएको नेपालगञ्जको वाटरपार्कमा मोटरबोट सञ्चालनमा ल्याइएको छ । नेपालगञ्ज उपमहानगरपालिका प्रक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजालले वाटरपार्कमा मोटरबोटको सञ्चालनसँगै आन्तरिक र बाह्य पर्यटक आकर्षित हुने अपेक्षा गरिएको बताउनुभयो ।

बोटेबोरा प्रालिले वार्षिक १९ लाख ५५ हजार रुपियाँमा वाटरपार्कको ठेक्का पाएपछि पहिलो पटक मोटरबोटको परीक्षण सुरु गरिएको हो । प्रालिले १० वर्षका लागि ठेक्का पाएको छ । यो कम्पनीले चितवनको नारायणी नदीमा पानी जहाज सञ्चालन गरिरहेका कारण वाटरपार्कमा मोटरबोटले नियमितता पाउने वडाध्यक्ष रिजालले बताउनुभयो । वडाध्यक्ष रिजालले भन्नुभयो, ‘‘वाटरपार्कमा मोटरबोट चलसँगै यहाँको चहलपहल बढ्ने निश्चित छ ।’’ सोमबार राति नगरप्रमुख प्रशान्त विष्ट, वडा अध्यक्ष रिजालसहितको टोलीलाई राखेर मोटरबोटको परीक्षण गरिएको हो । वाटरपार्कमा मङ्गलबारदेखि सुरु हुन लागेको व्यापार मेलालाई दृष्टिगत गर्दै मोटरबोट चलाउन सुरु गरिएको हो ।

वाटरपार्क करिब १० बिघा क्षेत्रफलमा फैलिएको छ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ र १८ मा पर्ने तालको चारैतिर आकर्षक सडक निर्माण गरिएको छ । पार्क वरिपरि बिहान र साँझको समयमा पदयात्रा गर्ने र समय बिताउनेहरु आउने गरेका छन् । यो तालसँगै नगरभित्र रहेका रानी तलाउ र कान्ति ताल जलविहारका लागि उपयुक्त छ । नगरकै ठुलो ताल कान्तितालमा भने हालसम्म जल विहारको व्यवस्था हुन सकेको छैन । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...