‘राइट टु प्रोटिन’ दौड शनिबार

Published on

काठमाडौं । नेपाल भेटनरी सङ्घको आयोजनामा तेस्रो संस्करणको ‘राइट टु प्रोटिन’ दौड शनिबार हुने भएको छ । दौडमा सात हजार १९ जनाको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु हुने दौडको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुनेछ । दौड काठमाडौँका विभिन्न स्थानहुँदै पुनः रङ्गशालामा पुगेर सकिनेछ । प्रतियोगितामा हाफ म्याराथन खुला, पुरुष १० किमि, महिला पाँच किमि, कक्षा १२ सम्मका विद्यार्थी छात्रका लागि पाँच किमि र छात्राका लागि तीन किमि तथा ह्वीलचियर दौड समावेश गरिएको छ । प्रतियोगितामा कूल पुरस्कार राशी १४ लाख १२ हजार पाँच सय रुपियाँ रहेको र हाफ म्याराथनको विजेतालाई एकलाख ३३ हजार ३३३ रुपियाँ प्रदान गरिनेछ । यस्तै म्याराथनमा शीर्ष पाँचमा रहने खेलाडीलाई आकर्षक नगद पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

युनाइटेड स्टेट सोयाबिन एक्पोर्ट काउन्सिलले प्रायोजनमा गरेको प्रतियोगितालाई नेपाल दाना सङ्घ र पशु सेवा विभाग, राष्ट्रिय खेलकुद परिषद् (राखेप) लगायत संस्थाले सहयोग गरेको छ । प्रतियोगितालाई नेपाल एथलेटिक्स सङ्घको प्राविधिक सहयोगमा रहेको छ । अघिल्लो संस्करणको उपाधि पुरुषतर्फ दिनेश अधिकारी र महिलातर्फ फुलमती रानाले जित्नुभएको थियो ।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...