गाजामा मृत्यु हुनेको सङ्ख्या ३२ हजार माथि पुगेपछि ब्लिन्केनको इजरायल भ्रमण

Published on

काठमाडौं । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएपछि आफ्नो आठौँ इजरायल भ्रमण गर्नुभएको छ । यो भ्रमण गाज पट्टीमा मृत्यु हुनेको सङ्ख्या ३२ हजार नाघेपछि भएको हो ।

ब्लिन्केनले कम्तीमा छ हप्ताको युद्ध विरामका लागि सम्झौतामा पुग्ने प्रयासहरूबारे छलफल गर्नुभयो । जसले इजरायली बन्धकहरूको रिहाइलाई सुरक्षित गर्ने र मानवीय सहायतामा वृद्धि गर्न सक्षम हुनेछ बताइएको छ । नेतन्याहु र उनको युद्ध मन्त्रिपरिषद्सँगको भेटमा ब्लिन्केनले इजरायललाई हमासका लागि योजना नबनाए इजरायल वर्षौँसम्म गाजामा फस्ने चेतावनी दिनुभएको थियो । गाजामा अक्टोबर ७ यता कम्तीमा ३२ हजार ७० प्यालेस्टाइनी मारिएका छन् । ७४ हजार २९८ घाइते भएका छन् । सिन्ह्वाको सहयोगमा

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...