गाजामा मृत्यु हुनेको सङ्ख्या ३२ हजार माथि पुगेपछि ब्लिन्केनको इजरायल भ्रमण

Published on

काठमाडौं । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएपछि आफ्नो आठौँ इजरायल भ्रमण गर्नुभएको छ । यो भ्रमण गाज पट्टीमा मृत्यु हुनेको सङ्ख्या ३२ हजार नाघेपछि भएको हो ।

ब्लिन्केनले कम्तीमा छ हप्ताको युद्ध विरामका लागि सम्झौतामा पुग्ने प्रयासहरूबारे छलफल गर्नुभयो । जसले इजरायली बन्धकहरूको रिहाइलाई सुरक्षित गर्ने र मानवीय सहायतामा वृद्धि गर्न सक्षम हुनेछ बताइएको छ । नेतन्याहु र उनको युद्ध मन्त्रिपरिषद्सँगको भेटमा ब्लिन्केनले इजरायललाई हमासका लागि योजना नबनाए इजरायल वर्षौँसम्म गाजामा फस्ने चेतावनी दिनुभएको थियो । गाजामा अक्टोबर ७ यता कम्तीमा ३२ हजार ७० प्यालेस्टाइनी मारिएका छन् । ७४ हजार २९८ घाइते भएका छन् । सिन्ह्वाको सहयोगमा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...